कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

घरमाथि लरी पल्टिँदा तीन बालबालिकाको मृत्यु

विनोद भण्डारी

विराटनगर — शुक्रबार औद्योगिक कच्चा पदार्थ बोकेको लरी घरमाथि पल्टिँदा मोरङको बूढीगंगा–४ को प्रगतिटोलमा एकै परिवारका दुईसहित ३ जना बालबालिकाको मृत्यु भएको छ ।

सुनसरी–मोरङ सिँचाइ योजनाको नहर हुँदै कोयलपुर जाने सडकखण्डमा मार्बल उद्योगको कच्चा पदार्थ ढुंगा बोकेको आरजे २९ जीबी १५६१ नम्बरको लरी नहरसँगै जाडिएको ज्योति अधिकारीको घरमाथि पल्टिँदा अधिकारीका ४ वर्षीया छोराछोरी इसिता र निशान्तको मृत्यु भएको प्रहरीले जनाएको छ । इसिता र निशान्त जुम्ल्याहा हुन् ।

त्यस्तै छिमेकी सन्जु खवासका १० वर्षीया छोरी रिहा खवासको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रकाशित : फाल्गुन ११, २०८० १३:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×