कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

जनयुद्ध दिवसमा खोटेहाङ गाउँपालिकाले दिएको बिदा वडाले नमान्ने

डम्बरसिं राई

खोटाङ — खोटेहाङ गाउँपालिकाले जनयुद्ध दिवसको असरमा फागुन १ गते दिएको सार्वजनिक बिदा वडा नं. ७, खोटाङबजारले भने अस्वीकार गरेको छ । गाउँपालिकाले यसअघि सूचना निकालेर सार्वजनिक बिदा दिने निर्णय सार्वजनिक गरेकोमा सो निर्णय मान्य नहुने भन्दै वडा नं. ७ का अध्यक्षले अर्को सूचना निकालेका छन् ।

जनयुद्ध दिवसमा खोटेहाङ गाउँपालिकाले दिएको बिदा वडाले नमान्ने

सर्वोच्च अदालत र गृह मन्त्रालयको पत्र अनुसार बिदा नगर्ने वडा नं ७ खोटाङबजारका वडाअध्यक्ष शिवप्रसाद फुँयालले विज्ञप्तिमार्फत जनाएका हुन् ।

फुँयालले सोमबार साँझ विज्ञप्ति मार्फत् सर्वोच्च अदालतको निर्णय र गृह मन्त्रालयको माघ २९ गतेको पत्रानुसार वडाको कुनै पनि काम नरोकिने उल्लेख गरेका छन् ।

सोमबार दिउँसो विज्ञप्ति मार्फतनै गाउँपालिका अध्यक्ष उदीमबहादुर राईले गाउँपालिकाभरका सरकारी कार्यालय, शैक्षिक संस्था लगायत सरकारी तथा गैरसरकारी निकाय एक दिनका लागि बिदा दिने निर्णय गरेको जनाएका थिए ।

जनयुद्धको जगबाट वर्तमान व्यवस्थाको स्थापना भएकाले गाउँपालिकाले निर्णय गरेरै सार्वजनिक बिदा दिइएको तर वडाअध्यक्ष फुँयालले जनयुद्धको उपलब्धि स्वरुप वर्तमान व्यवस्थालाई नै स्वीकार गर्न नसकेपछि बिदा अस्वीकार गरिएको राईले बताए ।

प्रकाशित : माघ २९, २०८० २१:५१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×