'कोशी'विरोधी प्रदर्शनका क्रममा चार पक्राउ- कोशी - कान्तिपुर समाचार
कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

'कोशी'विरोधी प्रदर्शनका क्रममा चार पक्राउ

सशस्त्र प्रहरीले केही राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ
कान्तिपुर संवाददाता

मोरङ — कोशी प्रदेश नामकरणको विरोधमा विराटनगरमा भएको प्रदर्शनका बीच प्रहरी र प्रदर्शनकारीबीच झडप भएको छ । यस क्रममा चार जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

झडपको क्रममा सशस्त्र प्रहरीले भीड नियन्त्रणमा लिन चार राउन्ड हवाई फायर गर्नुका साथै दर्जनौं सेल अश्रुग्यास प्रहार गरेको छ ।

प्रदर्शन उत्तेजित बन्दै गएपछि प्रहरीले सुरक्षा व्यवस्था कडा पारेको छ । प्रदर्शनकारीले निषेधित क्षेत्र तोडेपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको जनाएको छ ।

साथै अहिले प्रदर्शन नियन्त्रणमा लिनका लागि सुरक्षाकर्मीहरूको संख्या बढाइएको छ । प्रदेश १ पुनः नामांकन संयुक्त संघर्ष समिति गठन गरी आदिवासी जनजाति समुदायले प्रदर्शन गर्दै आएका छन् ।

आइतबार मुख्यमन्त्रीको कार्यालय अगाडि प्रदर्शनको क्रममा प्रहरीसँग झडप भएको हो । आइतबार दिउँसोसम्म प्रदर्शनकारी र प्रहरीबीच ढुंगामुढा चल्दा विराटनगर तनावग्रस्त बनेको छ ।

पहिचान पक्षधरहरूले 'कोशी प्रदेश' नामांकनको विरोधमा प्रदेशसहित संघीय राजधानी काठमाडौंमा पनि प्रदर्शन गर्दै आएका छन् ।

प्रकाशित : चैत्र ५, २०७९ १५:५४
प्रतिक्रिया
पठाउनुहोस्

सप्तरीमा पेस्तोलसहित दुई युवक पक्राउ

अवधेश झा

सप्तरी — सप्तरीको तिलाठी कोइलाडी गाउँपालिका-१ नेपाल-भारत सीमा क्षेत्रबाट पेस्तोलसहित दुई युवक पक्राउ परेका छन् ।

उनीहरू आइतबार सशस्त्र प्रहरी र नेपाल प्रहरीको संयुक्त गस्ती टोलीबाट पक्राउ परेका हुन् । पक्राउ पर्नेमध्ये एक युवक सप्तरीको छिन्नमस्ता गाउँपालिका -२ महुवाका सोनु राय रहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार अर्का एक जनाको पहिचान खुलेको छैन । घटनाबारे अनुसन्धान भइरहेको सप्तरीका एसपी नरेन्द्र कुमार कार्कीले बताए ।

प्रकाशित : चैत्र ५, २०७९ १५:४०
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×