भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ- कोशी - कान्तिपुर समाचार

भारतीय कार्ड बनाएर नेपाल छिर्न लागेका चार बंगलादेशी पक्राउ

पर्वत पोर्तेल

झापा — भारतीय नक्कली आधार कार्ड देखाएर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका चार बंगलादेशी नागरिक शुक्रबार नेपाल–भारत सीमाको पानीट्यांकी नाकाबाट पक्राउ गरेका छन् ।

भारतीय नागरिक बनेर अवैध रुपमा नेपाल प्रवेश गर्न लागेका उनीहरुलाई सिमानामा तैनाथ भारतीय अर्ध सैनिक बल (एसएसबी) को ४१ औं बटालीयनको टोलीले पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा मोहम्मद शोहाग मिया, कामरूल हुसेन, मोहम्मद मानिर हुसेन र सोफी उल आलम छन् । एसएसबीले बंगलादेशीलाई अवैध रुपमा नेपाल प्रवेश गराउन सहयोग गर्ने भारतको जलपाइगुडीका मोहम्मद हुसेन र कोच बिहारका मोहम्मद सिपानलाई समेत पक्राउ गरिएको एसएसबी श्रोतले जनाएको छ ।

अभियुक्तहरुलाई खोरीबारी प्रहरीले सिलिगुडी अदालतमा म्याद थप गरी हिरासतमा राखेर अनुसन्धान सुरु गरेको जनाइएको छ ।

प्रकाशित : माघ २१, २०७९ १६:४६
प्रतिक्रिया
पठाउनुहोस्

सिक्किममा ४८ घन्टे हड्ताल

पर्वत पोर्तेल

झापा — सिक्किमका नेपाली भाषीलाई सर्वोच्च अदालतले ‘विदेशी’ भनी टिप्पणी गरेको विरोधमा सिंगो सिक्किम आन्दोलित भइरहेका बेला त्यहाँका विपक्षी दल सिक्किम डेमोक्रेटिक फ्रन्ट (एसडीएफ) ले शनिबारदेखि ४८ घन्टे हड्ताल आह्वान गरेको छ ।

निवर्तमान मुख्यमन्त्री पवन चाम्लिङको दल एसडीएफको आह्वानमा भएको हड्तालमा चाम्लिङ निकट नेता कार्यकर्तादेखि सर्वसाधारणको समर्थन छ । चाम्लिङ आफैं धर्नामा सहभागी बनेका छन् ।

कार्यकर्तालाई सम्बोधन गर्दै चाम्लिङले भने, ‘जसले बन्दलाई समर्थन गर्दैनन्, तिनीहरु सिक्किम र नेपालीभाषीको विरोधी हुन् ।’

चामलिङले नेपालीहरूलाई विदेशीको लाञ्छना लाग्ने अवस्थाको सिर्जना गर्न सत्तारुढ दल सिक्किम क्रान्तिकारी मोर्चा र मुख्यमन्त्री प्रेमसिंह गोले जिम्मेवार रहेको आरोप लगाए।

प्रकाशित : माघ २१, २०७९ १५:३१
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×