कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२७

नयाँसडकको चौडाई घटाएर पैदलमार्ग विस्तार गर्ने योजनाको विरोधमा प्रदर्शन [तस्बिरहरू]

तस्बिर : अंगद ढकाल

काठमाडौँ — नयाँ सडकलाई मूलबाटो खुम्च्याएर पैदलमार्ग विस्तार गर्न लागेको विरोधमा स्थानीयवासीहरुले सोमबार प्रदर्शन गरेका छन् । काठमाडौं महानगरपालिकाको योजना ठिक नभएको भन्दै स्थानीयले मानव साङ्लो बनाएर विरोध प्रदर्शन गरे । सडक सानो बनाएर फुटपाथ बढाउँदा कस्तो हुन्छ भनेर देखाउन खोजेको स्थानीयले बताए । स्थानीयहरुले सडकको दुवै तर्फबाट मानव साङ्लो बनाएर करिब एक घण्टा प्रदर्शन गरेका थिए । प्रदर्शनकारीले क्रममा ऐतिहासिक सडक भत्काउँन पाइँदैन भन्ने नारा लगाएका थिए ।


प्रकाशित : जेष्ठ १४, २०८१ १२:५९
प्रतिक्रिया
पठाउनुहोस्