नरहरिनाथमा मनाइयो पुतली पर्व
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
कालीकोट — रातो गुन्यू चोलीले सजीएकी केटी बेहुली (पुतली) र जूगा सहित पुरुषको पोसाकमा सजाएको (अर्की केटी) बेहुला (पुल्तो) बनाएर पुतली पर्व मेला मनाइएको छ । अछामको रामारोसन र कालीकोटको नरहरिनाथ क्षेत्रमा हुने बिहाबारीलाई परम्पराको रुपमा लिँदै दुई केटीलाई बेहुला बेहुली (पुल्ती) बनाएर नरहरिनाथ-५ खातीरुप्सामा मेला (पर्व) मनाइएको हो ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-5-1742024075317-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-1-1742024075330-1000x0.jpg&w=1001&h=0)
यो पर्व मनाउने चलन कर्णाली प्रदेशको अन्य जिल्लामा नभएको पण्डित हिरामणि उपाध्यायले बताए । रामारोसन र नरहरिनाथ जोड्ने सांस्कृतिक पर्वका रुपमा पुतली पर्व मनाइने चलन छ । उनले भने, 'मनोरञ्जन र भेटघाटको माध्यमकोरुपमा पर्वलाई लिइन्छ ।'
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-6-1742024075324-1000x0.jpg&w=1001&h=0)
अछामको रामारोसन क्षेत्रमा मनाइँदै आएको पुतली पर्व कालीकोटको रुप्सामा विस्तार भएको हो । रामारोसनबाट घर ज्वाइँको रुपमा बसाइँसराइ गरी आएका खाती रुप्साका बुढा परिवारका १५ घरधुरीले दुई दशकदेखि पुतली (पुल्ता) पर्व मनाउन सुरु गरेका थिए । हाल पुतली पर्व गाउँपालिका भरीका नागरिक खाती रुप्सा गाउँमा भेला भएर मनाउने गर्छन् ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-4-1742024075311-1000x0.jpg&w=1001&h=0)
पहिले १५ दिनसम्म नाचगान गरेर रमाइलो गर्ने पुतली पर्व हाल ५ दिनमा झारिएको छ । वर्षको अन्तिम दिन दुई कन्या केटीलाई बेहुला बेहुलीकोरुपमा सिंगारपटार गरेर हिन्दु परम्पराअनुसार विवाह गराइ माटो भाँडा दाइजो दिने परम्परा छ । नयाँ वर्षको दिन बाजागाजासहित पुतलीलाई डोली चढाएर बाजागाजा, मागल, झोडा गाउँदै, रुदै, रुवाउँदै 'पोइली' घर बिदाई गर्ने चलन छ ।
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-3-1742024075300-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/miscellaneous/putaliparba-2-1742024075306-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)