२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७८

गुराँसेमा ढकमक्क लालीगुराँस [फोटोफिचर]

तृप्ति शाही

वीरेन्द्रनगर — वसन्त ऋतु पल्लव र पुष्पको मौसम । यतिबेला पहाडका प्राय वनपाखाहरु लालीगुराँसले मनमोहक देखिएका छन् । दैलेखको गुराँस गाउँपालिकाका जंगलहरुमा पनि गुराँस ढकमक्क फुलेको छ । गुराँस हेर्नको लागि गुराँसेका वनपाखाहरुमा दैनिकजसो आन्तरिक पर्यटकहरु गुराँसे पुग्ने गरेका छन् । गुराँस फुल्ने भएकै कारण यहाँ स्थानीय तहको नामनै गुराँस गाउँपालिका भनेर नामाकरण गरिएको उपाध्यक्ष शिवा कुमारी खड्का बताउँछिन् ।

गुराँस गाउँपालिकामा ७ प्रकारका गुराँसहरु फुल्ने गरेका उनको भनाइ छ । पालिकाले गुराँस संरक्षणको लागि नयाँ-नयाँ प्रजातिका गुराँसहरु रोप्ने कार्य पनि गरिरहेको उनले बताइन् । गुराँसेका गुराँस हेर्नको लागि सुर्खेत पुग्ने अधिकांश मान्छेहरु पनि पुग्ने गर्छन् ।


प्रकाशित : चैत्र २५, २०८० १५:५३
प्रतिक्रिया
पठाउनुहोस्