कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement

नक्सालमा कला प्रदर्शनीको रौनक

तस्बिर : दीपक केसी

काठमाडौँ — विभिन्न विधालाई समेटेर काठमाडौंको नक्सालस्थित नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानमा 'प्रादेशिक ललितकला प्रदर्शनी' भइरहेको छ । प्रदर्शनीमा समसामयिक चित्रकला र मूर्तिकला, परम्परागत चित्रकला र मूर्तिकला, लोककला, हस्तकला, वास्तुकला तथा अन्य सिर्जनात्मक (बहुआयामिक) कलालगायत विविध विधा समावेश छ ।

प्रादेशिक प्रदर्शनीमा समावेश भई छानिएका प्रतियोगी राष्ट्रिय ललितकला प्रदर्शनीमा प्रतियोगी कला कृतिका रूपमा समावेश छन् । प्रदर्शनीमा २१० कलाकारका २४१ कलाकृति प्रदर्शन गरिएका छन्। 'सामाजिक रूपान्तरण : ललितकलाको अभियान' भन्ने मूल भावमा रही भएको प्रदर्शनी चैत्र १२ गतेदेखि सुरु भएको हो । प्रदर्शनी चैत १६गते सम्म चल्ने छ।

प्रकाशित : चैत्र १४, २०८० १४:४७
प्रतिक्रिया
पठाउनुहोस्