कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

झिलिमिली धनगढी [तस्बिरहरु]

अर्जुन शाह

धनगढी — सुदूरपश्चिमको अस्थायी राजधानी रहेको धनगढी उपमहानगरपालिकास्थित ६ लेन सडक झिलिमिली बनाइएको छ । नेपाल भारतको सीमा क्षेत्र त्रिनगरदेखि मोहनपुरसम्म ‘स्ट्रिप, रोप लाइट’ जडान गरिएपछि धनगढी झिलिमिली भएका छ । यहाँको सडक क्षेत्र रातिको समयमा आकर्षक र सुन्दर देखिन थालेको छ ।उपमहानगरपालिकाको कार्यालयका अनुसार ३१ लाखको लागतमा २ सय ५६ वटा पोल र एक सय ४० वटा ट्रिगार्डमा स्ट्रिप, रोप जडान गरिएको छ ।

त्यस्तै, करिब तीन लाख रुपैयाँको लागतमा नेपाल–भारत सीमानजिक कैलाली भन्सारको गेटमा ‘फ्लोड लाइट’ पनि जडान गरिएको छ । यस्तै, धनगढी विमानस्थलदेखि ६ लेन सडक जोड्ने सडकमा पनि स्ट्रिप लाइट जडान गरिएको छ । नगरप्रमुख गोपाल हमाल ‘स्ट्रिप र रोप लाइटले धनगढी सहरको आकर्षण बढाउनुका साथै सवारी दुर्घटना न्यूनीकरणमा पनि योगदान पुग्ने बताउँछन् ।

प्रकाशित : फाल्गुन १७, २०८० २०:०७
प्रतिक्रिया
पठाउनुहोस्