कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

त्रिवेणी धाममा दर्शनार्थीको घुँईचो (तस्बिरहरु)

नवीन पौडेल

पूर्वी नवलपरासी — माघे औँसीको अवसरमा त्रिवेणीधाममा भक्तजनको घुँईचो लागेको छ । तमसा, स्वर्ण भद्र र नारायणी तीन नदीको संगमस्थल भएकाले त्रिवेणी धाममा माघे ‍औँसी स्नान गर्नाले पुण्य प्राप्त हुने र पितृकार्य सम्पन्न हुने जनविश्वास छ । पितृश्राद्धका लागि यहां नेपालको नवलपरासी, रुपन्देही, गुल्मी, अर्घाखाँची र भारतका तिर्थालुहरु आउने गर्दछन् ।

मेलामा नेपाल तथा भारतका हजारौँ भक्तजन त्रिवेणीधाममा आएको गजेन्द्र मोक्षधाम क्षेत्र विकास समितिका कार्यकारी निर्देशक झपेन्द्रेश्वर भुसालले बताए । बिहीबार रातिबाट सुरु भएको मेला शनिबारसम्म चल्ने छ । मेलामा दर्शनार्थीको घुँईचो लागेपछि सुरक्षा अवस्था मजबुद पार्नका लागि ठुलो संख्यामा सुरक्षाकर्मी परिचालन गरिएको छ । यस वर्ष चार लाख दर्शनार्थीले त्रिवेणीधाममा स्नान र दशर्न गर्ने समितिको अनुमान छ ।


प्रकाशित : माघ २६, २०८० २०:००
प्रतिक्रिया
पठाउनुहोस्