कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सेताम्मे सामागाउँ [तस्बिरहरु]

हरिराम उप्रेती

गोरखा — बुधबार परेको हिउँ पग्लनै नपाउँदै आइतबार फेरि हिमपात भएपछि चुमनुव्री गाउँपालिका–१ सामागाउँको जनजीवन प्रभावित बनेको छ । बाक्लो हिउँ जम्दा चिसो बढेको सामागाउँ स्वास्थ्य चौकीका प्रमुख लक्ष्मण कार्कीले बताए । चिसो बढेपछि स्थानीय घरभित्रै आगो तापेर बसेका छन् ।

आइतबार दिउँसो १ बजेबाट लगातार हिउँ परिरहेको उनले बताए । चिसोले बुढाबुढी र बालबच्चालाई झनै समस्या थपिएको छ । ‘बाहिर निक्लन सक्ने अवस्था नै छैन, अत्यधिक चिसो बढेको छ,’ उनले भने ।

लगातारको हिमपातले चौरी, याक लगायतका पशु वस्तुलाई झनै समस्या भएको सामागाउँका स्थानीय कर्मा डुन्डुपले बताए । ‘हिउँ परेपछि वस्तुहरुलाई घाँस पाउँदैन, दाउरा टिप्न पाउँदैन,’ उनले भने, ‘चिसोले बाहिर निक्लनै समस्या छ ।’ सामागाउँ मनास्लु हिमालको फेदमा रहेको गाउँ हो ।

तस्बिर सौजन्य : लक्ष्मण कार्की


प्रकाशित : माघ २१, २०८० १९:१६
प्रतिक्रिया
पठाउनुहोस्