टुँडिखेलमा यसरी मनाइयाे तमू ल्होछार [फोटोफिचर] - फोटोफिचर - कान्तिपुर समाचार

टुँडिखेलमा यसरी मनाइयाे तमू ल्होछार [फोटोफिचर]

शब्द/तस्बिर: अंगद ढकाल

काठमाडौं — गुरुङहरुले शुक्रबार देश-विदेशमा ‘तमू ल्होसार’ पर्व मनाउने क्रम चलिरहेको छ । बाँदर वर्गलाई बिदाइ गरी चरा वर्गलाई स्वागत गरेर ल्होछार/ल्होसार पर्व मनाएका हुन् । हरेक वर्षको पुस १५ गते मनाइने तमू ल्होसारको अवसरमा काठमाडौं उपत्यकामा रहेका गुरुङहरुले टुँडिखेलमा भेला भएर ल्होछार पर्व मनाए ।

दिउँसो आयोजना गरिएको समारोह प्रधानमन्त्री पुष्पकमल दाहालले उद्‍घाटन गरेको कार्यक्रममा विभिन्न राजनीतिक दल, संघसंघका प्रतिनिधि लगायतकदो उपस्थिति थियो । त्यसअघि गुरुङहरु आफ्ना मौलिक भेषभूषा, बाजागाजा र झाँकीसहित टुँडिखेल आसपास र्‍यालीले परिक्रमा गरेका थिए ।

 

ठूलो संख्यामा जम्मा भएका गुरुङहरुले एकता र मौलिक पहिचान प्रदर्शन गरे ।

कार्यक्रममा गुरुङ समुदायका अलावा गैर गुरुङहरुले जम्मा भएर रमाइलो गरेका थिए ।

कार्यक्रममा विभिन्न साँस्कृतिक प्रस्तुति देखाइएको थियो ।

‘तमू ल्होसार’ पर्व सूर्यको किरणसँग सम्बन्धित छ । गुरुङ बाहुल्य रहेको लमजुङ, गोरखा, तनहुँ, स्याङ्जा, मनाङ, कास्की, पर्वतलगायत जिल्लामा सूर्यको ताप पहिले आउने भएकाले पुस १५ मा यो पर्व मनाउने गरिएको हो ।

शब्द/तस्बिर : अंगद ढंकाल 

प्रकाशित : पुस १५, २०७३ १८:०५
प्रतिक्रिया
पठाउनुहोस्

प्याराग्लाइडिङ दुर्घटना

प्रतिक्षा काफ्ले

स्याङ्जा — यहाँको कालीकाकोट-३ पाटाबारीस्थित बिहीबार दिउँसो ३ बजे प्याराग्लाइडिङ दुर्घटना हुँदा ५८ वर्षीय सुडानी नागरीक टन सोडन ग्रिन गम्भीर घाइते भएका छन् । बिहीबार पाटाबारीस्थित आफैं प्याराग्लाइडिङ उडाउने क्रममा आफ्नै प्याराग्लाइडिङबाट अचानक भीरमा खस्न जादाँ गम्भीर घाइते भएका हुन् ।

जिल्ला प्रहरी कार्यालयका अनुसार उनलाई उपचारको लागि तत्काल एयर डाईनेस्टिक हेलिकप्टरद्धारा पोखरा मनिपाल अस्पताल लगिएको थियो भने त्यहाँ उपचार सम्भव नभएपछि शुक्रबार हेलिकप्टरबाटै थप उपचारको लागि काठमाण्डौ रिफर गरिएको छ ।

अन्तर्राष्ट्रिय हवाई उडानमा बिमा गरिएको र नेपाल उड्ययन प्राधिकरणको पत्रपश्चात् सोडन ग्रिन आफूखुसी प्याराल्लइडिङ गरेको र उसको वास्तविकताबारे पत्ता लगाउन नसकिएको जिप्रकाका डिएसपी वीरबहादुर पुलामीले बताए । उनले सोडन ग्रिन दुर्घटनापश्चात् उपचारको लागि मनिपाल अस्पताल पुगेपश्चात् मात्र जिप्रकामा खबर आएकाले कति जनाको गुप्र र कहिले आएको भन्ने यथार्थ जानकारी नभएको बताए ।

नेपाल वायु सेवा निगमको पत्रअनुसार चर्चित प्याराग्लाइडर सानोबाबु सुनुवारसँगै कालीकाकोट-३ पाटाबारीबाट उड्नको लागि गएको बन्ने जानकारी आएको उनको भनाइ छ । करिब तीन महिनाभन्दा पहिले स्वरेक गाविस-१ स्थित प्याराग्लाइडिङ नै दुघर्टना हुँदा पोखरा लेकसाइडका २२ वर्षीय शैलेश पहारीको पनि रुखमा खसेर मृत्यु भएको थियो ।

 

प्रकाशित : पुस १५, २०७३ १७:५७
पूरा पढ्नुहोस्
प्रतिक्रिया
पठाउनुहोस्
×