२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १९५

गाडी दुर्घटना हुन नदिने उपाय

पाठक पत्र

आजकाल सार्वजनिक गाडी दुर्घटना भएका खबर बारम्बार आइरहन्छन् । सार्वजनिक गाडी दुर्घटनामा मानवीय क्षति पनि भइरहेको छ । गन्तव्यमा छिटो पुग्न गाडीमा यात्रा गर्नुपर्छ तर सुरक्षित यात्राको सुनिश्चितता छैन ।

यात्रुलाई गन्तव्यमा सुरक्षित रूपमा पुर्‍याउन चालकले निम्न विषयमा ध्यान दिनुपर्छ :
१. गाडीको नियमित जाँच गरौं, इन्जिन एवं ब्रेकको सही अवस्था ख्याल गरौं, धेरै पुराना गाडी सकेसम्म नचलाऔं ।
२. गाडी चलाउँदा मादक पदार्थ सेवन गर्दै नगरौं ।
३. गाडी चलाउँदा मोबाइल फोनबाट कुरा गर्ने, सहचालकले रुपैयाँ साट्न दिएको बेला गाडी कुदाएर पैसा साट्ने, गन्ने काम नगरौं ।
४. छेउका यात्रुसँग गफ गरेर अलमलिने काम पटक्कै नगरौं ।
५. अगाडि गुडिरहेको गाडीसँग प्रतिस्पर्धा गर्दै नगरौं ।
६. विपरीत दिशातिर जानेर पनि गाडी नचलाऔं, टर्निङ साइडतिर गति कम गरेर गाडी चलाऔं ।
७. तीव्र गतिमा गाडी पटक्कै नचलाऔं ।
८. राति जोखिम मोलेर गाडी नचलाऔं ।
९. रात्रिकालीन गाडी चलाउँदा २ जना गाडी चालक अनिवार्य राखौं, आलोपालो चलाऔं ।
१०. बाटो बिग्रिएको देखे होसियारीपूर्वक गाडी चलाऔं ।
११. क्षमताभन्दा बढी यात्रु नराखौं ।
– बोधनाथ पौडेल, नयाँ बानेश्वर, काठमाडौं

प्रकाशित : चैत्र २१, २०८० ०६:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भारतका २ ब्रान्डका गुणस्तरहीन मसला आयतमा प्रतिबन्ध लागेको छ । अन्य खाद्य सामग्रीबारे पनि अब सरकारले मुख्य रुपमा के गर्नुपर्छ ?