कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

त्रिविमा असुरक्षित उत्तरपुस्तिका

पाठक पत्र

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालयबाट परीक्षण भइसकेका १८३ थान उत्तरपुस्तिका हराएको खबरले धेरै प्रश्न उब्जाएको छ । गतसाल पनि बीबीएसको कुनै एक विषयको झन्डै २०० थान उत्तरपुस्तिका हराएपछि पुनः परीक्षा गर्नुपरेको थियो । प्रत्येक वर्ष हुने यस्ता घटनाले त्रिविको छवि झन् धमिल्याएको छ । पनिका जस्तो संवेदनशील अड्डामा कस्ता मानिस प्रवेश गर्छन् ?

त्यहाँ काम गर्ने कर्मचारीको जिम्मेवारी के हो ? छानबिन गरेर कारबाही नगर्नुको कारण के हो ? राजनीतिक दलको फेर समातेर पदाधिकारी बनेकाले न काम गर्छन् न बेथिति हटाउन सक्छन् भन्ने आरोप सत्य सावित भएकै हो त ? नेपाली विद्यार्थीले पढ्न र छिटो नतिजा पाउन विदेश ताक्नु त बाध्यता बनेको होइन रहेछ त ? पनिकामा सीसीक्यामरा होला । त्यसको फुटेज हेरे दोषी पत्ता लाग्ला । विद्यार्थीको भविष्य बिगारिदिने यस्तो कार्यमा संलग्नलाई कारबाही गरियोस् ।
– खरेल तुलसीराम, बिर्तामोड, झापा

प्रकाशित : चैत्र १५, २०८० ०६:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?