कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

भारत र रुसको लोकतन्त्रमा के फरक ?

पाठक पत्र

रुसमा भ्लादमिर पुटिन तेस्रो पटक राष्ट्रपतिमा निर्वाचित भएका छन् । उता भारतमा प्रधानमन्त्री नरेन्द्र मोदी पनि अबको चुनाव जितेर तेस्रो पटक प्रधानमन्त्री बन्न खोजिरहेका छन् । पुटिनले नाम मात्रको निर्वाचनको नाटक गरेर यस पटक ८८ प्रतिशत मत पाएको देखाएका छन् । भारतमा मोदी पनि यस पटक ‘अबकी बार ४०० पार’ को नारा दिइरहेका छन ।

पुटिनले आफ्ना प्रतिद्वन्द्वीलाई थुनेर, नजरबन्दमा राखेर र उपचारसमेत गर्न नदिई मर्न बाध्य बनाएर चुनाव जिते । यता मोदी पनि भारतका सबैभन्दा लोकप्रिय मुख्यमन्त्री र आफ्नो विजयका लागि सबैभन्दा ठूलो प्रतिद्वन्द्वी मानिएका आम आदमी पार्टीका अध्यक्ष अरबिन्द केजरीवाललाई निर्वाचनको मुखमै थुनेका छन् ।

यसअघि अर्का मुख्यमन्त्री हेमन्त सोरेनलाई पनि पक्राउ गरिएको थियो । मोदीले जाँचबुझ निकाय ईडीको गलत प्रयोग गरी आफ्ना दुस्मनहरूमाथि रिस साधिरहेका छन् । यसले भारत र रुसको लोकतन्त्र उस्ताउस्तै देखिएन र ?
– गोपाल देवकोटा, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १३, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?