२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८७

आर्थिक सुधारको योजना ल्याऊ सरकार

पाठक पत्र

देशको आर्थिक अवस्था कमजोर छ । वैदेशिक ऋण बढ्दो छ । नेताहरू ऋण लिन डराउँदैनन्, कसरी तिर्ने भन्ने मतलब छैन । लिन पाए भयो । अर्थमन्त्री दाताहरूसँग हात फैलाइरहेका हुन्छन् । यसरी ऋण लिएर कहिलेसम्म देश चलाउने ? दाताले पनि आफ्नो स्वार्थ हेरेर ऋण दिन्छ ।

यता मुलुक आर्थिक मन्दीमा गुज्रेको छ । व्यापार घाटा चुलिँदो छ । कर्मचारीलाई तलब खुवाउन गाह्रो भएको समाचार आउँछ । बैंकमा पैसा छ, लगानी गर्ने वातावरण छैन । कहिलेसम्म यसरी चल्ने ? देश चलाउने नेताहरूमा जिम्मेवारीबोध नहुँदा समस्यामाथि समस्या बढ्दै गएको छ ।

आर्थिक अवस्था सुधारका लागि कुनै पहल भएको छैन । सरकार बनाउनु, सरकार गिराउनुलाई मात्र उपलब्धि सोच्ने दलहरूले मुलुकको समृद्धिका विषयमा किन सोच्दैनन् ?

रेमिट्न्यासका भरमा कहिलेसम्म मुलुक चलाउने सरकार ? समृद्धिका भाषण गरेर मात्र हुन्छ र ? त्यसका लागि पहल पनि होस् न । अर्थमन्त्रीज्यू, लगानीको वातावरण बनाउने कहिले ? उद्योगधन्दा खोल्ने कहिले ? आर्थिक गतिविधि बढाउने कहिले ? आर्थिक सुधारको योजना ल्याऊ सरकार ।
– पुरुषोत्तम घिमिरे, जोरपाटी, काठमाडौं

प्रकाशित : चैत्र १३, २०८० ०६:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

'फेक न्युज' उत्पादन गरी प्रकाशित प्रसारित गर्ने मौलाउँदो प्रबृत्ति नियन्त्रणका लागि मुख्य रुपमा के गर्नुपर्छ ?