कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ७८

सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उपसभापति स्वर्णिम वाग्लेले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा ध्यान दिन सरकारलाई सुझाव दिएका छन् ।

सरकारले नयाँ चरणको आर्थिक सुधार कार्यक्रममा विशेष ध्यान दिनुपर्छ : वाग्ले

आगामी आर्थिक वर्षको बजेटमा आर्थिक सुधारका कार्यक्रममा लागि बजेटको व्यवस्था नगरेको भन्दै उनले असन्तुष्टि जनाए ।

प्रतिनिधिसभा बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, ऊर्जा, जलस्रोत तथा सिंचाई मन्त्रालय र अर्थ मन्त्रालयको विनियोजित बजेटमाथिको छलफलमा भाग लिँदै रास्वपा उपभापति वाग्लेले प्रतिफल हुने क्षेत्रमा लगानी बढाउन पनि सरकारलाई सुझाव दिए । रोजगारमुलक उद्यमशीलतामा लगानी बढाउने र सुशासनमा सरकारले ध्यान दिनुपर्ने उनको भनाइ थियो ।

‘यसपाली फण्ड नछुट्टयाइएको तर यो बजेटको सबभन्दा महत्त्वपूर्ण अंश, जुन अलिखित छ–नयाँ चरणको आर्थिक सुधार । त्यसमा असाध्यै दिन पनि म हार्दिक आग्रह गर्दछु । प्रतिफलको प्रत्याभूति सहित रोजगारमूलक उद्यमशीलतामा लगानी बढाउने एजेन्डामा हामी प्रवेश गर्नुपर्ने भयो,' वाग्लेले भने, 'त्यसमा लगानी पुगेको छैन । लागत घटाउनु पर्‍यो र आर्थिक सुशासनमा ध्यान दिनुपर्‍यो । क्लाइमेट फाइनान्स ने अबको विकास फाइनान्स हुने कुरालाई पनि सरकारले ध्यान दिनुपर्छ ।’

प्रकाशित : असार २, २०८१ १४:०५
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x