कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ९५

ऊर्जा उत्पादन र खपतमा विशेष नीति ल्याउन आवश्यक : अध्यक्ष लिङ्देन

काठमाडौँ — राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङ्देनले आगामी आर्थिक वर्षको बजेट पूर्वाग्रह राखेर बनाइएको बताएका छन् ।

ऊर्जा उत्पादन र खपतमा विशेष नीति ल्याउन आवश्यक : अध्यक्ष लिङ्देन

आइतबारको प्रतिनिधिसभाको बैठकमा विनियोजन विधेयक, २०८१ अन्तर्गत ऊर्जा, जलस्रोत तथा सिचाई मन्त्रालय शिर्षकको खर्च रकमलाई घटाई एक रुपैयाँ गरियोस् भनी खर्च कटौतीको प्रस्ताव प्रस्तुत गर्दै उनले अर्थमन्त्री र मन्त्रीहरूले आफ्ना कार्यकर्ता र क्षेत्रलाई खुसी बनाउने गरी बजेट ल्याएको आरोप लगाए ।

मन्त्री भएर बजेट छुट्याउन पाउने मौकाको सदुपयोग गर्न मन्त्रीहरू चुकेको अध्यक्ष लिङ्देनको भनाइ थियो । ऊर्जा क्षेत्रले नेपालको भविष्य बदल्नसक्ने भएकाले सामान्य हिसाबले खर्च भाग लगाएर र नियमित कार्यक्रमले मात्रै उपलब्धि हासिल गर्न नसकिने उनको भनाइ थियो ।

ऊर्जा उत्पादन र खपतमा विशेष प्रकारको नीति ल्याउन आवश्यक रहेको पनि अध्यक्ष लिङ्देनको भनाइ थियो । बजेटप्रति असहमति व्यक्त गर्न मात्रै आफूहरू बजेटमाथिको छलफलमा भाग लिइरहेको उनले बताए ।

‘बजेट कुन प्रकारले बन्यो, अहिले पूरै सदन बोलिराखेको छ । कुन प्रकारको पूर्वाग्रह प्रयोग गरियो ? अर्थमन्त्रीले, मन्त्रीजीहरूले जनताका प्रतिनिधिहरूलाई जसरी पनि छलफलका क्रममा अवरोध नआओस् भनेर खुसी पार्न सूचीहरू माग्नुभयो, उभ्याउनु भयो र अहिले प्रिन्ट गर्ने बेलामा के-के भयो भन्ने कुरा सबै सार्वजनिक भइसकेको छ,' लिङ्देनले भने ।

विनियोजन विधेयकमा सांसदहरूले जति बोलेपनि योजना संशोधन नहुने लिङ्देनको भनाइ थियो । उनले सदनमा बोलेर रेकर्ड राख्नका लागि छलफल हुने र असहमित व्यक्त गर्ने काम भइरहेको बताए ।

प्रकाशित : असार २, २०८१ १२:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

बहालवाला मुख्यसचिवमाथि नै भ्रष्टाचार मुद्दा दायर भएको छ । यसबारे तपाईं के भन्नुहुन्छ ?

x