कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

नारायणगढ–मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, अपरेटरको उद्धार जारी

चितवन — नारायणगढ–मुग्लिन सडकखण्डको मुग्लिन बजारनजिक तुइन खोलाआडमा सडकमा नाला खन्दै गरेको एक्स्काभेटरमाथि ढुंगा खसेको छ । आइतबार बिहान नौ बजेतिर भएको उक्त घटनापछि उद्धार कार्य जारी रहेको चितवन जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

नारायणगढ–मुग्लिन सडकमा एक्स्काभेटरमाथि ढुंगा खस्यो, अपरेटरको उद्धार जारी

एक्स्काभेटरभित्र अपरेटर पनि रहेको र उनको उद्धार भइरहेको चितवन जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी भेषराज रिजालले बताए ।

‘सडकमा काम गदै गर्दा माथिबाट ढुंगा खसेर मेसिनमा क्षति पुर्‍याएको र अपरेटरको उद्धार भइरहेको भन्ने प्रारम्भिक जानकारी छ । विस्तृत विवरण आइपुगेको छैन,’ डीएसपी रिजालले भने । भरतपुरको डिभिजन सडक कार्यालयलले घटनापछि सडक एकतर्फी सञ्चालन भइरहेको जनाएको छ ।


प्रकाशित : जेष्ठ १३, २०८१ १०:१८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?