कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १२९

प्रधानमन्त्री दाहाल भन्छन् : बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छ

काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहालले बजेट वक्तव्य आउनु अघिसम्ममा संसदीय छानबिन समिति बनाउन समझदारीमा पुगिने बताएका छन् । आइतबार प्रतिनिधि सभा बैठकमा सरकारको नीति तथा कार्यक्रममाथिको छलफलमा उठेका प्रश्नको जवाफ दिँदै प्रधानमन्त्री दाहालले बजेट वक्तव्य आउनु अघिसम्म संसदीय छानबिन समिति गठनको लागि सहमतिमा पुगिने बताएका हुन् ।

प्रधानमन्त्री दाहाल भन्छन् : बजेट वक्तव्य पढ्ने बेलासम्म संसदीय समिति बनाउन सहमति बन्छ

उनले आफूले संसद्‍मा भइरहेको गतिरोध अन्त्यका लागि निरन्तर प्रयास गरिरहेको बताए । उनले टिओआर बनाउने कुरामा सबैले सकारात्मकता र लचकता प्रदर्शन गरेमा आज(आइतबार) बेलुकासम्ममा नै समझदारी हुनसक्ने बताए ।

‘मैले केही दिनदेखि लगातार राजनीतिक दलहरूसँग, प्रतिपक्ष दलका नेताहरूसँग छलफल आयोजना गरिराखेको छु र यो गतिरोधको अन्त्य गर्नको निम्ति प्रयास भइराखेको छ । हामी सहमति र समझदारीको धेरै नजिक पुगेको पनि बेला–बेलामा हामीले महसुस गरेका छौँ । आज बिहान मात्रै पनि मैले नेपाली कांग्रेसका सभापतिलगायतका नेताहरूसँग बुढानीलकण्ठमा नै पुगेर सभापतिजीको घरमै पुगेर पनि सहमतिको निम्ति प्रयास गरेको छु । र मलाई के आशा छ भने आज र भोलिसम्म, बजेट वक्तव्य पढ्ने बेलासम्म सहमति र समझदारी बन्नेछ भन्ने म विश्वास व्यक्त गर्न चाहन्छु,’ उनले भने ।

प्रकाशित : जेष्ठ १३, २०८१ १३:२१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रदेश सरकारहरूले आगामी आर्थिक वर्षको बजेटमा घुमाउरो बाटोबाट सांसदहरुलाई बजेट दिने व्यवस्था गरेकोमा तपाईंको धारणा के छ ?