कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

कैलाश सिरोहियामाथिको धरपकड सरकारको अलोकतान्त्रिक कदम : महर

काठमाडौँ — नेपाली कांग्रेसका केन्द्रीय सदस्य नैनसिंह महरले कान्तिपुर मिडिया ग्रुपका अध्यक्ष कैलाश सिरोहियामाथि सरकारले प्रतिसोध साँधेर धरपकड गरेको भन्दै आपत्ति जनाएका छन् । उनले सरकारको त्यो कदम अलोकतान्त्रिक र आपत्तिजनक रहेको बताए । 

कैलाश सिरोहियामाथिको धरपकड सरकारको अलोकतान्त्रिक कदम : महर

बुधबार सानेपास्थित केन्द्रीय कार्यालयमा जारी केन्द्रीय कार्यसमिति र संसदीय दलको संयुक्त बैठकमा बोल्दै नेता महरले भने, 'यो सरकारले जनताको हितमा काम गरेको छैन । यो लोकतान्त्रिक पद्दति अनुरुप चलिरहेको छैन । त्यसकारण यो सरकारका प्रति पार्टीको बुझाइ प्रष्ट हुनुपर्छ । उपप्रधानमन्त्री एवम् गृहमन्त्री रवि लामिछानेमाथि त अब छानबिन गर्ने मात्रै होइन, उनको राजीनामा ढिला भइसकेको छ । हिजो जसरी प्रतिसोध साँध्ने गरी कान्तिपुर पब्लिकेसनका अध्यक्ष कैलाश सिरोहियालाई धरपकड गरिएको छ, यो सरकार लोकतान्त्रिक हुनै सक्दैन ।'

उनले पार्टीले सरकारविरुद्ध सडक संघर्ष चर्काउन ढिला भएको बताए । 'संसद्‌मा बलियो प्रतिपक्षीको भूमिका निभाउनुपर्छ । सडकबाट पनि दबाब दिनुपर्छ,' उनले भने, 'कांग्रेसले बोलीले होइन, व्यवहारमै लोकतन्त्रकालागि संघर्ष गर्ने र लोकतन्त्र बचाउनुपर्ने स्थिति बनेको देखिएको छ ।'

नेता महरले गृहमन्त्री लामिछानेले कांग्रेसका नेताहरुमाथि अनेक आरोप लगाइरहेको भन्दै ती हरेक आरोपमाथि छानबिनका लागि नेपाली कांग्रेस खुला हुनुपर्ने बताए ।

प्रकाशित : जेष्ठ ९, २०८१ १५:५३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×