कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अदालतको अवहेलना मुद्दा : 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने आदेश

काठमाडौँ — सर्वोच्च अदालतले स्वतन्त्र न्यायपालिका र व्यावसायिक पत्रकारितामाथि लाञ्छना लगाएर अडियो उत्पादन तथा प्रसारण गरिएको विरुद्ध परेको अदालतको अवहेलना मुद्दामा प्रतिवादी सिधाकुरा डटकमका प्रकाशक युवराज कँडेल र कार्यकारी सम्पादक नविन ढुंगानालाई बयानका लागि बोलाउने आदेश गरेको छ । 

अदालतको अवहेलना मुद्दा : 'सिधाकुरा'का प्रकाशकलाई बयानका लागि बोलाउने आदेश

सर्वोच्चले ‘सो–मोटो’ (स्वतः संज्ञान) लिएर आइतबार मुद्दा दायर गरेको थियो । उक्त मुद्दामाथि सोमबार न्यायाधीशहरू नहुकुल सुवेदी र टेकप्रसाद ढुंगानाको इजलासमा सुनुवाइ भएको थियो ।

जानाजान झूटा सामग्री उत्पादन तथा प्रसारण गरेकाले हदैसम्मको कारबाही गर्न र फौजदारी कसुरमा समेत अनुसन्धान गराउन माग गरिएको थियो ।

अन्य मुद्दा वा रिट अरू कसैले दायर गर्नुपर्ने प्रावधान भए पनि अदालतको अवहेलनाको मुद्दा अदालत स्वयंले दायर गर्ने न्यायिक प्रचलन संसारभर छ । त्यही प्रचलन अनुसार आइतबार मुद्दा दायर भएको थियो ।

मुद्दामा जानाजान झूटा समाचार उत्पादन तथा प्रसारण गर्नेहरूविरुद्ध अदालतको अवहेलनामा हदैसम्मको कारबाही गर्न र अन्य फौजदारी कसुरमा समेत अनुसन्धान गराउन आदेश जारी हुनुपर्ने माग गरिएको छ ।

प्रकाशित : वैशाख १७, २०८१ १८:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?