दाहाल, ओली र लामिछानेबीच छलफल, लामिछाने भन्छन्- 'सत्ता गठबन्धनमा कुनै समस्या छैन'
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-100-0252024112350.gif)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/mastercreativegif900x100-0952024115624.gif)
काठमाडौँ — प्रधानमन्त्री पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति तथा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेबीच भेटवार्ता भएको छ । बिहीवार प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा तीन नेताहरुबीच भेटवर्ता भएको हो ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900x100-1172024092759.gif)
![दाहाल, ओली र लामिछानेबीच छलफल, लामिछाने भन्छन्- 'सत्ता गठबन्धनमा कुनै समस्या छैन'](https://assets-cdn-api.ekantipur.com/thumb.php?src=https://assets-cdn.ekantipur.com/uploads/source/news/kantipur/2024/third-party/untitled-design-1842024034431-1000x0.jpg&w=1001&h=0)
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/comp-900x100-1672024010950.gif)
भेटका क्रममा समसामयिक राजनीतिका साथै लगानी सम्मेलनबारे समीक्षा गरिएको उपप्रधान एवं गृहमन्त्री लामिछानेले बताए । उनले तीन नेताहरुबीच भेट नभएको लामो समय भएकाले पछिल्ला घटनाक्रमका बारेमा छलफल भएको जानकारी दिए ।
‘सामान्य बैठक हो । हामी तीन जना नै नेताहरु बस्न पाएका थिएनौँ । भेटघाट भएको थिएन । त्यसले गर्दा यो सम्पूर्ण परिस्थिति र राजनीतिक परिस्थितिको छलफल र समीक्षा गर्न बैठक बसेका हौँ,' उनले भने, 'सुदूरपश्चिममा एउटा समझदारीमा गइसकेको कुरा हो । त्यसमा कहिले कहीँ पात्रको विषयलाई लिएर छलफल भएको हो । हाम्रो सहभागिता नभएकाले मेरो मत खासै रहेन ।'
उनले प्रदेशमा सत्तासमीकरण फरक भएपनि तत्कालै केन्द्रमा कुनै समस्या नरहेको दाबी गरे । 'सामान्य छलफल गर्न भेट भएको हो,' उनले भेटबारे थप भने, 'यो कुनै एजेण्डागत भेटघाट होइन । शीर्ष नेताबीच निरन्तर छलफल भइराख्छ । लगानी सम्मेलनका कुरा छन्, अन्य राजनीतिक कुरा छन्, त्यसको समीक्षा गरिएको हो ।’
उनले प्रदेशका समस्याले संघ सरकारमा कुनै समस्या नपर्ने दाबी गरे ।
![](https://assets-cdn.ekantipur.com/uploads/source/ads/900-x-100-0172024023126.gif)