कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२८.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २७५

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय

काठमाडौँ — नेकपा एकीकृत समाजवादी पार्टीले सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता दीर्घ सोडारीलाई मुख्यमन्त्रीका लागि अघि बढाउने औपचारिक निर्णय गरेको छ । 

सुदूरपश्चिममा मुख्यमन्त्रीका लागि दीर्घ सोडारीलाई अघि बढाउने एकीकृत समाजवादीको निर्णय

बुधबार आलोकनगरस्थति केन्द्रीय कार्यालयमा बसेको पार्टीको सचिवालय बैठकले सोडारीको नेतृत्वमा गठबन्धन दलहरुको समर्थनमा मुख्यमन्त्री पदका लागि प्रदेश प्रमुखसमक्ष दाबी पेस गर्ने निर्णय गरेको हो ।

गठबन्धनमा सुदूरपश्चिमको मुख्यमन्त्री एकीकृत समाजवादीले पाउने भन्ने सहमति भएपनि गत आइतबार गठबन्धन दलहरु एमाले र माओवादी केन्द्रले नागरिक उन्मुक्ति पार्टीका सांसद कैलाश चौधरीलाई मुख्यमन्त्रीमा समर्थन दिएर अघि बढाएपछि एकीकृत समाजवादीले कांग्रेसको साथ लागेर बैकल्पिक गठबन्धन बनाउने प्रयास थालेको थियो । पार्टी अध्यक्ष माधवकुमार नेपालले सत्ता गठबन्धन नै छोड्नेसम्मको चेतावनी दिएका थिए ।

त्यसपछि प्रधानमन्त्री पुष्पकमल दाहालले गठबन्धनमा सहमति जुटाएर सुदूरपश्चिममा मुख्यमन्त्री एकीकृत समाजवादीलाई नै दिने बातावरणा बनाएका थिए । सुदूरपश्चिम प्रदेशसभामा एकीकृत समाजवादीका ४ सा‌सद छन् । सोडारीले एमालेका १०, माओवादी केन्द्रका सभामुखसहित ११, नागरिक उन्मुक्तिका २ र स्वतन्त्र १ सांसदको समर्थनमा बहुमत पुर्‍याएर मुख्यमन्त्रीमा दाबी पेस गर्न लागेका हुन् ।

प्रदेश प्रमुख नजिर मियाँले मुख्यमन्त्रीमा दाबी पेस गर्नका लागि बिहीबार साँझ ५ बजेसम्मको समय दिएका छन् ।

प्रकाशित : वैशाख ५, २०८१ १४:५९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

भोकमरी जोखिम भएका घरपरिवारलाई 'खाद्य सहायता परिचयपत्र' दिनेगरी सरकारले नियमावली जारी गरेकोमा तपाईं के भन्नुहुन्छ ?