कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

नेपाल-भारत बीचमा जनता-जनता बीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

जनकपुरधाम — मधेस प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले नेपाल-भारत बीचमा जनता-जनता बीचको सम्बन्ध अतुलनीय रहेको बताएका छन् । 

नेपाल-भारत बीचमा जनता-जनता बीचको सम्बन्ध अतुलनीय : मुख्यमन्त्री यादव

स्वामी विवेकानन्द साँस्कृतिक केन्द्र भारतीय दुतावासद्वारा नयाँ वर्षको अवसर पारेर जनकपुरधाममा आयोजित द्वितीय जनकपुरधाम साँस्कृतिक महोत्सवको उद्घाटन गर्दै मुख्यमन्त्री यादवले नेपाल-भारत बीचको जनता-जनता बीचको अतुलनीय सम्बन्धकै कारण दुई देशको सम्बन्ध प्रगाढ रहेको बताए ।

नेपाल-भारत बीचको सम्बन्ध दुई देशको सरकार भन्दा पनि जनता-जनता बीच रहेको उल्लेख गरे। सीमा क्षेत्रमा सुरक्षा र राजश्वको नाममा केही वर्ष यता सर्वसाधारणसँग सुरक्षाकर्मीबाट भइरहेको व्यवहारले दुई देश बीचको सदियौँ पुरानो सम्बन्धलाई नै खलल पुर्‍याउने कार्य भइरहेको उल्लेख गर्दै उनले त्यसमा सुधार ल्याउन नेपाल र भारत दुवै सरकारसँग आग्रह गरे ।

भारतीय महावाणिज्य दुतावास वीरगञ्जका महावाणिज्यदुत डिएस मिनाले दुई देश बीचको साझा संस्कृतिको प्रदर्शनकै लागि जनकपुरधाममा सांस्कृतिक महोत्सवको आयोजना गरिएको बताए। महोत्सवमा दुई देशक नारीहरुको साझा पहिरण साडीको प्रदर्शनीका साथै विभिन्न किल्लाहरुको फोटो प्रदर्शनी गरिएको थियो ।

महोत्सव अन्तर्गत साझा साँस्कृतिक कार्यक्रमको आयोजना समेत गरिएको छ ।

प्रकाशित : वैशाख १, २०८१ १७:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?