कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

अदालतले जनतालाई मर्का नपर्ने गरी न्याय निरुपण गर्नुपर्छ : अध्यक्ष ओली

काठमाडौँ — प्रमुख सत्ता घटक नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले आमजनतालाई मर्का नपर्ने गरी न्याय सम्पादन गर्न न्यायालयलाई आग्रह गरेका छन् । 

अदालतले जनतालाई मर्का नपर्ने गरी न्याय निरुपण गर्नुपर्छ : अध्यक्ष ओली

शनिवार काठमाडौंमा बुढानिलकण्ठ नगर अस्पतालको उद्घाटन समारोहमा उनले जनताको विश्वास घट्ने गरी न्याय निरुपण नगर्दा राम्रो हुनेतर्फ पनि अदालतको ध्यानाकर्षण गराए ।

पर्याप्त सोच विचारबिना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने खालको न्याय निरुपण नगरी अदालतले वास्तविक यथार्थलाई बुझेर न्याय दिनुपर्ने उनको भनाई थियो । अध्यक्ष ओलीले व्यक्तिको अधिकार सामुहिक हितको तुलनामा गौण हुने भएकाले न्याय निरुपण गर्दा अदालतले सो विषयलाई पनि गम्भीरतापूर्वक लिनुपर्ने बताए ।

‘म न्यायालयलाई पनि के आग्रह र अनुरोध गर्न चाहन्छु भने खाली कानूनको पुस्तकमात्रै पल्टाएर न्याय गरिएजस्तो अथवा पर्याप्त सोच विचार विना न्याय गरिएजस्तो जनताको विश्वास घट्ने गरी न्याय निरुपण अदालतले नगर्दाखेरी राम्रो हुन्छ । वास्तविकता यथार्थ बुझेर सबै पक्ष हेरेर आम जनतालाई मर्का नपर्नेगरी गरे हुन्छ,' अध्यक्ष ओलीले भने, 'व्यक्तिका अधिकार पनि सुरक्षित हुनुपर्छ । तर व्यक्तिका अधिकार साँँच्चैको अधिकार हो कि होइन ? भन्नेकुरा पनि हेर्नुपर्छ । र व्यक्तिका अधिकारको कुरा गरिरहँदा सार्वजनिक स्थलहरुमा समुदायको हितहरु जोडिन गए भने व्यक्तिका हित गौण हुने गर्दछ । त्यसकारण उचित हित हो कि होइन ? व्यक्तिका ती कुराहरु पनि हामीले हेर्नुपर्छ भन्ने मलाई लाग्छ ।'

उनले पछिल्ला तीन वर्षयता नेपालको अर्थतन्त्र ओरालो लागिरहेको बताए । अध्यक्ष ओलीले एमाले सरकारबाट हटेपछि विकास निर्माणको काम आरोलो लागेको जिकिर गर्दै अब क्रमशः अघि बढ्ने दाबी समेत गरे ।

प्रकाशित : वैशाख १, २०८१ १७:१०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?