कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२४.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८४

विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको छ : ओली 

आनन्द गौतम

ताप्लेजुङ — एमाले अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देश अब ओरालो नलाग्ने बताएका छन् । ताप्लेजुङ सदरमुकाम फुङलिङमा एमाले पार्टी कार्यालयको उद्‌घाटनपछि कार्यकर्तालाई सम्बोधन गर्दै उनले रोकिएका विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको पनि दाबी गरे । उनले एमाले कार्यकर्तालाई मिसन ८४ लाई तीव्र गतिमा बढाउन पनि निर्देशन दिए । 

विकास निर्माणका काम तीव्र गतिमा अघि बढेको छ : ओली 

एमाले सरकारबाट बाहिरिएपछि राष्ट्रियता कमजोर भएको, राष्ट्रिय स्वाभिमानमा आँच आउन थालेको, विकास, समृद्धि र सुशासनमा समस्या देखिन थालेको दाबी गर्दै यस्ता समस्या धेरै दिन आउन हुन्न भनेर गठबन्धन तोडेर नयाँ समिकरण बनाएको उनले बताए । अहिलेको गठबन्धन समिकरणमात्रै भएको उनको कथन छ ।

कांग्रेसले मती बिगारेको बताउँदै उनले पात झरेर थोत्रो भएको रुखको संज्ञा पनि दिए । आफूले कांग्रेसको पात नझरोस् र झरेको पातमा मुना पलावस भन्ने चाहना राखे पनि त्यस्तो नभएको दाबी गरे ।

चीनसँगको सिमावर्ती बस्ती फक्ताङलुङ गाउँपालिका ७ ओलाङचुङगोला पुगेर फर्किएका ओलीले प्रधानमन्त्रीसँग कुरा गरेर सडक निर्माण लगायतलाई तीव्रता दिने बताए । ‘मैले यहींबाट प्रधानमन्त्रीलाई फोन गरेर म ताप्लेजुङका विषय लिएर आउँदै छ, भेटेर कुरा गरौंला भनेको छु, ताप्लेजुङको सडक निर्माण लगायतका विषय प्राथमिकतामा पर्छ,’ उनले भने । ओलाङचुङगोलामा यातायात पुगेर खुसी साटासाट गर्न पाएकोमा उनले गर्व महसुस गरे ।

बिहीबार बिहान उनले ३२ सय मिटर उचाईको ७ ओलाङचुङगोलामा पुगेर स्थानीयसँग खुसी साटेका थिए । यातायातका साधन पुर्‍याउनेलाई सम्मान पनि गरे । ओलीसँगै उपप्रधान एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुविर महासेठ पनि गएका थिए । यो बस्तीमा मंगलबार सदरमुकाम फुङलिङबाट यातायातका साधन पुगेका यात्रु लिएर पुगेका थिए । यो सँगै जिल्लामा रहेका सबै ६१ वडामा यातायातका साधन पुगेका छन् ।

तस्बिर सौजन्य : क्षितिज थेवे

चीनसँगको सिमाना टिप्ताला भन्ज्याङसम्म स्थानीयको लगानीमा यसअघि नै २२ किलोमिटर सडक निर्माण भएको छ । यहाँसम्म चीनको तिब्बतबाट यातायातका साधन पनि आएका थिए । कोरोना संक्रमणसँगै नेपाल र चीनको नाका बन्द भएपछि आउजाउ ठप्प रहेको छ । सडक पनि मर्मत गर्नुपर्ने अवस्थाको छ । एसविए एलाइट कम्पनीले सदरमुकाम तर्फबाट सडक निर्माण तथा विस्तारको काम गरेको थियो । बस्तीका बासिन्दा र ओलीले निर्माण कम्पनीका ठेकदार पेम्बा शेर्पा प्रबन्धक राजीव लामिछाने, मेसिन चालक लगायतलाई सम्मान गरे ।

स्थानीयले कोरोना संक्रमणसँगै बन्द रहेको नेपाल र चीनको सिमानाका टिप्ताला भन्ज्याङ खोलिदिन आग्रह गरे । नाका नखुल्दा आफूहरुको उत्पादन निर्यात गर्न नपाएको, माइतीसँग भेटघाट गर्न नपाएको जस्ता गुनासा सुनाएका थिए । ओलाङचुङगोलाबाट एकदिनको पैदलमा रहेको याङमाका बासिन्दाले सञ्चार सुविधा अहिलेसम्म पनि नपाएको गुनासो गरे ।

प्रकाशित : चैत्र २९, २०८० १८:२७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सुनकोशी-मरिण डाइभर्सनको सुरुङमार्ग छिचोलिएको छ । अब यो आयोजना छिटो सम्पन्न गर्न कसले कस्तो भूमिका निर्वाह गर्नुपर्छ ?