कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१५.५५°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अहिलेकै अवस्थामा मेलम्चीको पानी उपत्यकामा नियमित गर्न 'असम्भव' 

काठमाडौँ — प्रारम्भिक अध्ययनको आधारमा अहिलेकै अवस्थामा मेलम्ची खानेपानी आयोजनाबाट काठमाडौं उपत्यकावासीलाई बाह्रै महिना पानी खुवाउन नसक्ने देखिएको छ । खानेपानी मन्त्रालयले आज सिंहदरबारमा आयोजना गरेको मेलम्चीको समस्या र दिगो समाधानका विषयमा भइरहेको छलफलमा आयोजना र अध्ययनमा संलग्न प्राविधिकहरूले यस्तो रिपोर्ट सार्वजनिक गरेका हुन् ।

अहिलेकै अवस्थामा मेलम्चीको पानी उपत्यकामा नियमित गर्न 'असम्भव' 

उनीहरूले मेलम्चीको मुहानमा अस्थायी संरचना नबाउन उपयुक्त नहुने सुझाव दिँदै विज्ञहरूले स्थायी समाधान खोज्न आग्रह गरेका छन् ।संघीय संसद्का दुवै समितिका सभापतिहरू, उपत्यकाका तीन जिल्लाका सांसद, आयोजना अध्ययन गरिरहेका विज्ञ तथा उपत्यका एवं मुहान क्षेत्रका जनप्रतिनिधिको सहभागितामा भएको छलफलमा आयोजनाको मुहानको संरचनाको निर्माण अस्थायी रूपमा नगर्न भनेका छन् । आयोजानको मुहान क्षेत्रमा अस्थायी संरचना बनाएर छोटो समयमा पानी खुवाउने कि स्थायी समाधान खोज्ने प्रश्नको जवाफ खोज्ने उद्धेश्यले आयोजित कार्यक्रममा अहिले संसदीय समितिका सभापति, सांसदहरु, प्रभावित क्षेत्रका जनप्रतिधिले धारणा राखिरहेका छन् ।

आयोजना प्रमुख जक्की अहमद अन्सारीले आयोजनाको मुहान क्षेत्रमा अहिले अवस्थाका बारेमा जानकारी गराए । खानेपानी सचिव सुरेश आचार्यले आयोजनाको मुहान सार्ने विषयमा मुख्य ऋणदाताा एसियाली विकास बैंकले अध्ययन गरे रिपोर्ट दिएको बताए । एडीबीको अध्ययनले तयार गरेको रिपोर्टका आधारमा इन्जिनियरिङ अध्ययनका विज्ञहरूले तयार गरेको रिपोर्टमाथि सांसदहरूले आफ्नो भनाइ राखिरहेका छन् ।

२०७८ को बाढीले मुहान क्षेत्र क्षति गरेपछि उक्त स्थानमा मेलम्चीको भविष्यमाथि प्रश्न उठेपछि सांसद र संसदीय समितिबाट सुझाव संकलन गरिएको हो । मेलम्ची आयोजनाको नाममा करिब ६५ अर्ब खर्च भइसकेको जानकारी कार्यक्रममा दिइ्रएको थियो । मेलम्ची सँधै महँगो र धेरै समय लिने आयोजना भएको सहभागीले बताएका थिए । आयोजनाको मुहानमा नयाँ बाँध बनाउँदा करिब ४ अर्ब खर्च हुने अनुमान कार्यक्रममा पेस गरिएको छ ।

प्रकाशित : चैत्र २२, २०८० १३:०७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

त्रिविको १८ रोपनी जग्गा भाडामा लगाएर प्राध्यापक र कर्मचारीले रकम असुल्दै आएकोबारे तपाईंको राय के छ ?