२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

१ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैयाँ नोक्सानी गरेको अभियोग

काठमाडौँ — नेपाल वायुसेवा निगमको वाइडबडी दुई जहाज खरिद गर्दा भ्रष्टाचार गरेको अभियोगमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पूर्वपर्यटनमन्त्री जीवनबहादुर शाही, पूर्वसचिवद्वय शिशिरकुमार ढुंगाना र शंकर अधिकारी, वायुसेवा निगमका तत्कालीन प्रमुख सुगतरत्न कंशाकारसहित ३२ विरुद्ध मुद्दा दायर गरेको छ ।

पूर्वमन्त्री शाही र दुई पूर्वसचिवसहित ३२ विरुद्ध भ्रष्टाचार मुद्दा दायर

त्यसमध्ये २४ जना नेपाली, ६ जना विदेशी नागरिक र दुई आपूर्तिकर्ता कम्पनी प्रतिवादी रहेको विशेष अदालतका सूचना अधिकारी यज्ञराज रेग्मीले जानकारी दिए ।

जहाज खरिद प्रक्रिया सामेल तत्कालीन पदाधिकारीसहितलाई प्रतिवादी बनाएर विशेष अदालतमा मुद्दा दायर गरिएको हो । करिब १ अर्ब ४७ करोड ८५ लाख ५ हजार ४ सय ८२ रुपैया हानीनोक्सानी गरेको अभियोग उनीहरूमाथि मुद्दा दायर गरिएको हो ।

यो प्रकरणमा बहालवाला सहसचिव बुद्धसागर लामिछाने पनि अभियुक्त बनाइएका छन् । उनी पर्यटन मन्त्रालयका सहसचिव हुन् ।

वायुसेवा निगमका तत्कालीन सञ्चालक समितिका सदस्यहरू टेकनाथ आचार्य, नीमानुरु शेर्पा,ऋषिराम पाण्डे, अच्युतराज पहाडी, जीवनप्रकाश सिटौैला र निगमका तत्कालीन निर्देशक रमेशबहादुर शाह लगायत पनि प्रतिववादी छन् ।

पूर्वमन्त्री शाही कर्णाली प्रदेश सभाका सांसद र पूर्वमुख्यमन्त्री समेत हुन् । उनी पुष्पकमल दाहाल दोस्रो पटक प्रधानमन्त्री हुँदा कांग्रेसबाट पर्यटनमन्त्री बनेका थिए ।

यो प्रकरणको अनुसन्धानमा तानिएका पूर्वमन्त्रीहरू जितेन्द्रनारायण देव र दिलनाथ गिरीको भने संलग्नता पुष्टि नभएकाले अभियोग दायर नभएको अख्तियारले जनाएको छ ।

प्रकाशित : चैत्र २२, २०८० १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कांग्रेसले 'वेल' घेरेर नाराबाजी गरिरहेका बेला प्रधानमन्त्रीले प्रतिनिधिसभामा विश्वासको मत लिएको घटनालाई कसरी लिनु भएको छ ?