२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २५५

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

काठमाडौँ — त्रिभुवन विश्वविद्यालयका उपप्राध्यापक प्रेम चलाउनेमाथि आक्रमण गर्ने रविन लामा पक्राउ परेका छन् । लामालाई जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले टोखाबाट मंगलबार पक्राउ गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक भूपेन्द्र खत्रीले जानकारी दिए । पक्राउ परेका लामा सिरहा असनपुरका स्थानीय बासिन्दा हुन् । उनलाई कपनबाट पक्राउ गरिएकोसमेत परिसरले जनाएको छ । 

उपप्राध्यापक चलाउनेमाथि आक्रमण गर्ने लामा पक्राउ

लामाविरुद्ध पक्राउ पुर्जी जारी भएपछि पक्राउ गरिएको हो । जिल्ला अदालत काठमाडौंले गत मंसिर ७ गते चलाउनेमाथि आक्रमण गर्ने ६ जनालाई दुई वर्ष कैद सजाय सुनाएको थियो । न्यायाधीश विनोद खतिवडाको इजलासले मुद्दाका प्रतिवादीहरू लामासहित हरि आचार्य, योगेन्द्र रावल, रूपेश साह, निरज रानामगर र सयुज श्रेष्ठ लाई मुलुकी अपराध संहिता २०७४ को दफा १९२ उपदफा (५) बमोजिम २ वर्ष कैद र २० हजार जरिवाना हुने फैसला गरेको थियो । उनीहरूविरुद्ध ज्यान मार्ने उद्योगमा मुद्दा चलेको थियो ।

उपप्राध्यापक चलाउनेलाई २८ लाख क्षतिपूर्ति भराउन पनि अदालतले आदेश गरेको छ । उक्त घटनामा मतियारको अभियोग लागेका दीपकराज ओझालाई अदालले सफाइ दिएको छ । उपप्राध्यापक चलाउनेमाथि २०७७ साल असोजमा नेविसंघका तत्कालिन इकाइ सभापित आचार्य, सचिव रावल लगायतको समूहले मरणासन्न हुनेगरी कुटपिट गरेको थियो । उनीहरूलाई कारबाहीको माग गर्दै चलाउनेले तीन वर्षदेखि संघर्ष गरिरहेका थिए ।

प्रकाशित : चैत्र १४, २०८० १६:१२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

लगानी सम्मेलन-२०२४ मा सरकारले 'सोकेस' मा राखेका परियोजनाहरूको सूची कस्तो लाग्यो ?