कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

उपनिर्वाचनमा सम्भव भए दलहरुसँग मिल्ने, नभए एक्लै पनि भिड्ने : अध्यक्ष नेपाल

काभ्रे — पूर्व प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समावादी) का अध्यक्ष माधवकुमार नेपालले वैशाख १५ मा इलाम र बझाङमा हुने उपनिर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समावादी) सम्भव भएसम्म अन्य दलहरुसँग मिलेर अघि बढ्ने, त्यस्तो नभए एक्लै भए पनि निर्वाचनमा लड्ने बताएका छन् । 

उपनिर्वाचनमा सम्भव भए दलहरुसँग मिल्ने, नभए एक्लै पनि भिड्ने : अध्यक्ष नेपाल

काभ्रेको बनेपामा आयोजित १० औं जिल्ला अधिवेशनबाट निर्वाचित पदाधिकारीहरुलाई सपथ ग्रहण समारोहलाई सम्बोधन गर्दै उनले दुवै ठाउँमा हुने उप–निर्वाचनमा उम्मेदवार लिने की सहमतिका आधारमा अन्य दलहरुले पनि सर्मथन गर्छन् कि त्यही समर्थनका आधारमा अघि बढ्ने भन्ने विषयमा छलफल भइरहेको बताए । उनले भने, ‘सहमति र समर्थन नभएमा नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समावादी)ले एक्लै पनि चुनाव लड्ने मानसिकता बनाएको छ ।

‘हामी छुट्टै पार्टी भएको हुनाले हामी पनि कहाँ–कहाँ उम्मेदवार खडा गर्ने हो, कसले–कसले हामीलाई साथ दिने हो, त्यसको आधारमा हामी अगाडि बढ्ने छौं,’ उप–निर्वाचनको विषयलाई इंगित गर्दै उनले भने, ‘हामी सोचिरहेका छौं, दुवै ठाउँमा उम्मेवार लिने कि, अरुले पनि हामीलाई समर्थन गर्छन् कि, त्यहीँ समर्थनका आधारमा अघि बढ्ने भन्ने विषयको तयारी भइहरेको छ ।’

उनका अनुसार आज बिहान बसेको तीन दलीय भएको बैठकमा नेकपा एमाले र नेकपा माओवादीले उप–निर्वाचनका लागि एकीकरण गर्ने तयारी गरेको छ । समाजावादीले भने एकीकरणमा जाने/नजाने अझै टुंगो नलगाएको बताउँदै यस विषयमा छलफल भइरहेको उनले बताए ।

चैत्र ४ गते सम्पन्न भएको १० औं जिल्ला अधिवशेनबाट बसुन्धरा हुमागाईंको अध्यक्षतामा गठित ५८ जिल्ला कमिटि सदस्यहरुलाई बधाई एवं सपथ ग्रहण गराउँदै पार्टीको लोकप्रियताका लागि काम निर्देशन दिदैं देशप्रति बफादार भएर काम गर्न उनले अनुरोध गरे ।

प्रकाशित : चैत्र १२, २०८० १३:४१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×