कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सहकार्यको प्रस्ताव लिएर दाहाल र ओली पुगे नेपाल निवास

काठमाडौँ — नयाँ गठबन्धनमा सहभागी हुन आग्रह गर्न प्रधानमन्त्री पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओली एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल निवास बालकुमारी पुगेका छन् ।

सहकार्यको प्रस्ताव लिएर दाहाल र ओली पुगे नेपाल निवास

बालुवाटारमा जारी बैठक स्थगित गरी दाहाल र ओली बालकुमारी पुगेका हुन् । ‘दुवै नेता सहकार्यको प्रस्ताव लिएर नेपालकहाँ जानु भएको छ,’ दाहाल सचिवालयका एक सदस्यले भने, ‘मन्त्रालयको भागबन्डा टुंग्याउनु अघि नेपाललाई सँगै लिएर जाने दुई शीर्ष नेताको चाहना छ ।’

एकीकृत समाजवादीले नयाँ गठबधनप्रति गुण र दोषका आधारमा निर्णय लिने निष्कर्ष निकालिसकेको छ । प्रधानमन्त्री दाहालले नयाँ समीकरण बनाउनुअघि एकीकृत समाजवादीसँग छलफल गरेका थिएनन् ।

सोमबार बेलुका दाहाल र माओवादी वरिष्ठ नेता माधवकुमार नेपाललाई भेट्न बालकुमारी पुगेका थिए ।

प्रकाशित : फाल्गुन २२, २०८० १८:५७
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×