कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

सुशासन र डेलिभेरी दिन नसके सरकार बाहिर हुन्छौँ : रास्वपा उपसभापति वाग्ले

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उपसभापति स्वर्णिम वाग्लेले सरकारले डेलिभेरी दिन नसकेका दिन रास्वपाले सरकार छोड्ने दाबी गरेका छन् । उनले प्रधानमन्त्रीले जनताको अपेक्षाअनुसार आशाको सञ्चार गर्न र डेलिभेरी दिन चाहेको बताएपछि मात्रै रास्वपा सरकारमा सहभागी हुन तयार भएको बताए । 

सुशासन र डेलिभेरी दिन नसके सरकार बाहिर हुन्छौँ : रास्वपा उपसभापति वाग्ले

सोमबार साँझ प्रधानमन्त्रीको सरकारी निवासबाट बाहिरिने क्रममा नेता वाग्लेले रास्वपा शर्तसहित सरकारमा सहभागी भएको र शर्तहरु कायम नरहेको अवस्थामा सरकार छोडेर बाहिरिने दाबी गरे ।

‘अहिले प्रधानमन्त्रीको कुर्सी हल्लिएको थिएन । तर उहाँले जोखिम मोलेर जनताको अपेक्षाअनुसारको डेलिभेरी र सुशासनका लागि पहल गर्नुभयो, र आह्वान गर्नुभयो,’ उनले भने, ‘त्यहीकारण हामीले पनि उहाँलाई साथ दिएर अघि बढ्न तयार भएका छौँ । सरकारमा हाम्रो सहभागिता सशर्त हो । जनतालाई सुशासन र डेलिभेरी दिनका लागि हो । जनतालाई डेलिभेरी दिन सकेको दिनसम्म सरकारमा रहन्छौँ, र नसकेको दिन हामी बाहिर हुन्छौँ ।’

उनले प्रधानमन्त्रीले नयाँ ढंगले काम गर्न चाहेका कारण आफूहरुले साथ दिनुपर्छ भन्ने निर्णयमा पुगेको बताए । ‘एउटा विश्वासको बातावरण बनेको छ । यही विश्वासलाई कायम राखेर हामी अगाडि बढ्छौँ,’ उनले भने ।

प्रकाशित : फाल्गुन २१, २०८० २१:४६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×