कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२६.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: ५२

मुलुकलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक : शिक्षामन्त्री राई

काठमाडौँ — शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोककुमार राईले राष्ट्रको सोचलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक रहेको बताएका छन् । शनिबार प्राविधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् (सीटीईभीटी) को वार्षिकोत्सव कार्यक्रममा उनले अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भएर मुलुक सम्पन्न नबन्ने बताए । 

मुलुकलाई उत्पादनमुखी दिशामा लैजान आवश्यक : शिक्षामन्त्री राई

उनले सरकारमा बसेका मन्त्रीहरुको सोच सकारात्मक भएर मात्रै देश परिवर्तन गर्न सम्भव नहुने भन्दै राष्ट्रको सोचलाई उत्पादनमुखी, उद्योगमुखी र श्रममुखी दिशामा लैजान आवश्यक रहेको बताए । उनले निर्यात गर्न नसके पनि नेपालले आयातमात्रै प्रतिस्थापन गरे पनि सपन्नताको सुनिश्चितता हुने दाबी गरे ।

‘हामीले निर्यात गर्न नसकौँला । तर आयात मात्रै प्रतिष्थापन गर्‍यौँ भनेपनि हाम्रो सम्पन्नताको ग्यारेन्टी हुन्छ । त्यसतर्फ हामी सबैले सोच्नुपर्छ । यो खाली सरकारमा बसेका दुई /चार जना मन्त्रीले मात्रै सोचेर हुने कुरा होइन । राष्ट्रको सोचलाई नै उत्पादनमुखी दिशामा लैजानुपर्छ,' उनले भने, 'देशलाई उद्योगमुखी दिशामा लैजानुपर्छ । श्रममुखी दिशामा लैजानुपर्छ । अरुको खुट्टा तान्ने काममा धेरै व्यस्त भयौँ भने मुलुक बन्दैन । मुलुक २५ जना मन्त्रीले मात्रै बनाएर बन्ने होइन । देश बनाउन सिंगो देश र ३ करोड नेपाली जनताको सकारात्मक सोच र क्रियाशिलता आवश्यक पर्छ ।'

मन्त्री राईले सबैको सोच एउटै दिशामा अघि बढे देश विकास हुन समय नलाग्ने बताए ।

प्रकाशित : फाल्गुन १२, २०८० १४:४९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

राष्ट्र बैंकले सार्वजनिक गरेको आर्थिक वर्ष ०८१/०८२ को मौद्रिक नीतिबारे तपाईंको धारणा के छ ?

×