कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

विदेश भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

काठमाडौँ — राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने शनिबार विदेश भ्रमणमा जान लागेका छन् । सहमहामन्त्री कविन्द्र बुर्लाकोटी र सहकोषाध्यक्ष दीपक बोहोरालाई लिएर रास्वपा सभापति लामिछाने मलेसिया भ्रमणमा जान लागेका हुन् । 

विदेश भ्रमणमा जाँदै रास्वपा सभापति लामिछाने

विभिन्न कार्यक्रममा सहभागी हुनका लागि लामिछाने तीनदिनका लागि मलेसिया भ्रमणमा जान लागेको पार्टी सहप्रवक्ता तथा सभापतिको सचिवालय संयोजक प्रतिभा रावलले जानकारी दिए । शनिबार राति १०:२० बजे मलेसिया जान लागेका लामिछाने त्यहाँ रहेका नेपालीसँग भेटघाट र अन्तरक्रिया गर्ने कार्यक्रम रहेको छ ।

रावलकाअनुसार आइतबार क्वालालम्पुरस्थित होटल ग्राण्ड कन्टिनेन्टलमा भेटघाट तथा अन्तरक्रिया कार्यक्रम तय गरिएको छ । त्यस्तै, सोमबार मलेसियामा रहेका नेपाली समुदायसँग अन्तरक्रिया गर्ने कार्यक्रम तय गरिएको उनले बताए ।

सभापति लामिछाने विदेश भ्रमणमा रहेका बेला कार्यवाहक सभापतिको जिम्मेवारी उपसभापति डीपी अर्याललाई र संसदीय दलको उपनेता विराजभक्त श्रेष्ठलाई संसदीय दलको कार्यवाहक नेताको जिम्मेवारी तोकिएको सहप्रवक्ता रावलले जानकारी दिइन् ।

लामिछाने मंसिर १९ गते स्वदेश फिर्ता हुने कार्यक्रम छ ।

प्रकाशित : मंसिर १६, २०८० १५:०३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?