२०.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २०४

नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : कोइराला

नवीन पौडेल

परासी — नेपाली कांग्रेसका केन्द्रीय सदस्य शेखर कोईरालाले कांग्रेसको केन्द्रीय महाधिवेशन कुनैपनि बहानामा सार्न नहुने बताएका छन् । उनले पहिले महाधिवेशन गरेर मात्र ०८४ सालको चुनावमा भाग लिनुपर्ने उल्लेख गरे । नेतृत्व परिवर्तन नगर्दा कांग्रेसप्रति आकर्षण नबढ्ने दाबी गरे ।

नेतृत्व परिवर्तन नगर्दासम्म कांग्रेसप्रति आकर्षण बढ्दैन : कोइराला

कांग्रेस पश्चिम नवलपरासीको प्रथम जिल्ला भेलालाई शुक्रबार सम्बोधन गर्दै कोईरालाले यहि नेतृत्त्वले पार्टी र जन चाहनाअनुसार काम गर्न नसक्ने बताए । कांग्रेसको भविष्य सुरक्षित गर्न दुई वर्षभित्र कुनै पनि बहाना नगरी पार्टीको सबै तहको अधिवेशन गर्न कार्यकर्ताले दबाब दिनुपर्ने उनले बताए ।

सम्मेलनमा बोल्दै कोईरालाले नेतृत्व परिवर्तन गरेर आगामी स्थानीय तहको चुनावमा कांग्रेसले गठबन्धन नगरी चुनाव लड्ने दाबी गरे । 'कार्यकर्तामा पार्टीको नेतृत्व प्रति वितृष्णा छ । यो नेतृत्व परिवर्तन नगर्दासम्म जनतामा कांग्रेसप्रतिको आकर्षण बढ्न सक्दैन,’उनले भने,‘ आफू मात्र नेता बन्ने जनचाहना अनुसार नेतृत्व परिवर्तन हो , अब , शीर्ष नेताले सोच्ने समय आएको छ ।’

जनताहरुमा संघीयताको विषयमा वितृष्णा पैदा हुनुमा प्रदेश र स्थानीय तहलाई कमजोर बनाएर केन्द्रले नै हस्तक्षेप गर्नुको उपज भएको बताए ।

जिल्ला सम्मेलनमा बोल्दै केन्द्रीय सदस्य डा.चन्द्र भण्डारीले अहिलेको नेतृत्त्वले जनतामा निराशा मात्र थपेको भन्दै सबै दलका शीर्ष नेताले नेतृत्व परिवर्तन गनुपर्ने बताए । सबै दलका मुख्य नेताहरु जनचाहना भन्दा पनि कुर्चीका लागि लडेको भन्दै जनचाहनाअनुसार काम गर्न सबै दलमा नेतृत्व परिवर्तन आवश्यक भएको बताए ।

प्रकाशित : मंसिर १५, २०८० १९:०६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?