कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२७.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५७

खाल्डाेमा पारेर गैंडा मारी खाग बेचेकाे आराेपमा पक्राउ परेका ८ जना सार्वजनिक

रमेशकुमार पौडेल

चितवन — खाल्डाेमा पारेर गैंडा मारी खाग बिक्री गर्न लागेकाे आराेपमा पक्राउ परेका आठजनालाई बिहीबार चितवन निकुञ्ज कार्यालयले सार्वजनिक गरेकाे छ ।

खाल्डाेमा पारेर गैंडा मारी खाग बेचेकाे आराेपमा पक्राउ परेका ८ जना सार्वजनिक

गत कात्तिक ३० गते निकुञ्जकाे पूर्वी क्षेत्र चपरचुली क्षेत्रमा खाल्डाेमा परेर मरेका खागबिहीन दुईवटा गैंडा फेला परेका थिए । साेही गैंडाकाे खागसहित आठजना समातिएकाे निकुञ्ज कार्उालयले जनाएकाे छ । सार्वजनिक गर्ने कार्यक्रमामा राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका महानिर्देशक सिन्धुप्रसाद ढुंगना नै उपस्थित थिए ।

पक्राउ पर्नेमा मकवानपुर हेटाैंडा उपमहानगरपालिका-३ लेबर्ट बस्ने ३३ वर्षका रमेश खाती रहेका छन् । उनी मुख्य याेजनाकार भएकाे निकुञ्ज कार्यालयले जारी गरेकाे प्रेेस विज्ञप्तिमा उल्लेख छ । उनी ९ गते चितवनकाे राप्ती-९ बाट समातिएका हुन् । त्यसैगरी पक्राउ परेकामध्ये थिङ बाजे भन्ने मकवाानपुुर मनहरी-६ नयाँ बस्तीका ५६ वर्षीय सिताराम थिङ र मकवानपुर राक्सीराङ-९ मुल घरभइ हेटाैंडा-४ बस्ने ४४ वर्षीय समशेर थिङलाई पनि निकुञ्जले गैंडा मार्ने याेजनाकार भएकाे बताएकाे छ ।

उनीहरू पनि नाै गते नै राप्ती-६ बाट समातिएका हुन् । गैंडाकाे खाग पनि राप्ती-६ मा नै फेला परेकाे प्रमुख संरक्षण अधिकृत डिलबहादुर पुर्जा पुनले बताए ।

निकुञ्जले राप्ती-११ का ४२ वर्षीय पासाङ भन्ने आइतसिंह माेक्तान, राेल्पा सुनछहारी गाउँपालिका-६ फागम घर भइ मकवानपुर हेटाैंडा-५ बस्ने २८ वर्षका अर्जुन राेका, घले भन्ने गाेरखा बारपाक घर भई भरतपुर-११ लामा टाेल बस्ने ७७ वर्षका धनबहादुर गुरूङ, चितवन काेराकका ४० वर्षीय उनबहादुर स्याङ्तान र स्याङ्बाे भन्ने मकवानपुर मनहरी घर भइ चितवन बाँदुरझुला बस्ने वर्ष ५६ काे इन्द्रबहादुर तमाङ रहेका छन् । उनबहादुर र इन्द्र ११ गते पक्राउ परेका हुन् भने अरू नाै गते समातिएका हुन् ।

उनीहरूलाई अनुसन्धान गर्न चितवन जिल्ला अदालतले सात दिनकाे म्याद दिएकाे निकुञ्जका सुचना अधिकारी रहेका गणेशप्रसाद तिवारीले बताए । उनीहरूलाई अनुसन्धान गरि मुद्दा चलाउन ४५ दिनसम्मकाे समय पाइन्छ । गैंडा मुद्दामा अपराध पुष्टि भए १० लाख रूपैयाँसम्म कैद र १५ वर्षसम्म कैद हुने कानुनी व्यवस्था छ ।

प्रकाशित : मंसिर १४, २०८० १५:१६
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्तुत गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?