२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता

कान्तिपुर संवाददाता

काठमाडौँ — नेपाल भ्रमणमा रहेका संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले प्रधानमन्त्री पुष्पकमल दाहालसँग भेट गरेका छन् । मुख्यसचिव वैकुण्ठ अर्याल र परराष्ट्र सचिव भरतराज पौड्यालले महासचिव गुटेरेसलाई सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा स्वागत गरेका थिए । 

प्रधानमन्त्री दाहालसँग राष्ट्रसंघका महासचिव गुटेरेसको भेटवार्ता

प्रधानमन्त्री दाहालसँग भेट्नुअघि महासचिव गुटेरेसले आजै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खड्का र परराष्ट्रमन्त्री एनपी साउदसँग पनि भेटवार्ता गरेका छन् ।

महासचिव गुटेरेसले आजै राष्ट्रपति रामचन्द्र पौडेल, कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेट्ने कार्यक्रम रहेको छ । त्यस्तै, उनी आज ललितपुरस्थित पाटन दरबार क्षेत्र भ्रमणका लागि जाने जनाइएको छ ।

प्रकाशित : कार्तिक १२, २०८० १४:४८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

सरकारले संघीय संसद्‌मा प्रस्ततु गरेको आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम कस्तो लाग्यो ?