कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला

देवनारायण साह

मोरङ — प्रतिनिधिसभा सदस्य तथा कांग्रेस नेता शेखर कोइरालाले सत्ता गठबन्धनमा कोशीको सरकार गठनले कुनै असर नपर्ने बताएका छन् ।

मध्यावधि निर्वाचन टार्नमात्रै कोशीमा एमालेसँग सहकार्य : कोइराला

विराटनगरमा शुक्रबार पत्रकारसँगको कुराकानीमा कोइरालाले कोशी प्रदेशसभाको जटिल अंक गणितले मध्यावधि निर्वाचन टार्नमात्रै एमालेसँग मिलेर सरकार गठन गरिएको र यसको असर गठबन्धन, संघीय सरकारलगायत अन्य प्रदेशमा नपर्ने बताएका हुन् ।

कोशीमा मुख्यमन्त्री नियुक्तिका लागि राप्रपाका नेताले हामीसँग गरेको कुराकानीका आधारमा प्रदेशसभा जोगाउन मुख्यमन्त्री केदार कार्कीले विद्रोह गरेको उनले बताए । ´राप्रपाले मुख्यमन्त्रीलाई विश्वासको मत नदिएकोबाट पनि उहाँहरूको मनसाय उजागर भएको छ,` कोइरालाले भने, ´गठबन्धनको निर्णयका आधारमा राप्रपाको भर परेर मुख्यमन्त्री नियुक्ति प्रक्रियामा गएको भए प्रदेशसभा विघटन भएर मध्यावधि निर्वाचनमा जानुपर्थ्यो ।`

उनले कोशी सरकार अहिले सरकार गठन भएको अवस्थालाई नै समेटेर विस्तार हुने बताएका छन् । प्रदेश सरकार विस्तार दसैपछि मात्रै हुने पनि कोइरालाको भनाइ थियो ।

प्रकाशित : कार्तिक ३, २०८० १८:०१
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?