कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

वन्यजन्तु र मानवबिचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

कान्तिपुर संवाददाता

काठमाडौँ — वन तथा वातावरणमन्त्री वीरेन्द्रप्रसाद महतोले वन्यजन्तु र मानवबीचको द्वन्द्व अहिलेको प्रमुख चुनौती रहेको बताएका छन् । शुक्रबार ललितपुरमा आयोजित राष्ट्रिय प्रकृति संरक्षण कोषको ४१ औं वार्षिकोत्सव तथा संरक्षक संरक्षण समारोहमा मन्त्री महतोले राष्ट्रिय प्रकृति संरक्षण कोषले सरकारसँग समन्वय गरेर यस्ता समस्याको व्यवस्थापनमा जोड दिनुपर्ने बताए ।

वन्यजन्तु र मानवबिचको द्वन्द्व अहिलेको प्रमुख चुनौती : मन्त्री महतो

वन तथा वातावरणमन्त्री महतोले जीवनजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदर, हात्ती, बँदेल लगायतका जीवजन्तुबाट समस्या सिर्जना भएकाले त्यसको व्यवस्थापनमा जोड दिनुपर्ने आवश्यकता रहेको पनि बताए ।

‘हामीसँग भएका संस्थालाई सुरक्षित र सक्रिय गरेर मन्त्रालयसँग सहकार्य गरेर अघि बढ्न सके पर्यटनस्थलको विकास गर्न सकिन्छ । पर्यटकहरू बढाउन सकिन्छ । संसारमा नभएका जीवजन्तुहरू हाम्रा सम्पती हुन्, ती हेर्न पर्यटक आउनेछन् । यसले आर्थिक समृद्धिमा ठूलो टेवा पुग्नेछ,' उनले भने, 'आउने दिनमा हामीसँग एउटा ठूलो चुनौती भनेको वन्यजन्तु र मानवबिचको द्वन्द्व हो । यसमा पनि सकेसम्म धेरै ठाउँबाट सहयोग गरेको छ, मन्त्रालयसँग मिलेर सहकार्य गरेको छ । अझै पूर्ण संरक्षण गर्न सकेका छैनौँ । जीवजन्तु बढाउँदै गर्दा कृषकको लागि बाँदरको समस्या, हात्तीबाट जिउधनको क्षति हुने समस्या छ, अन्य जीवजन्तुबाट कृषकले समस्या पाइरहेका छन्, यसमा सबै मिलेर समाधान गर्नुपर्छ ।’

मन्त्री महतोले जीवजन्तुबाट कृषकले पाइरहेका समस्या समाधानका लागि आवश्यक पहलका लागि योजनाबद्ध रूपमा अगाडि बढ्नुपर्ने बताए ।

प्रकाशित : कार्तिक ३, २०८० १५:१३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?