कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

अख्तियारद्वारा गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा दायर

कान्तिपुर संवाददाता

काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष ०७९/०८०  मा १६२ वटा भ्रष्टाचारका मुद्दा दायर गरेको छ ।  ६ वटा संस्थासहित ७७६ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिरएको अख्तियारले जनाएको छ । 

अख्तियारद्वारा गत वर्ष १६२ वटा भ्रष्टाचारका मुद्दा दायर

आयोगका प्रवक्ता भोला दाहालले सोमबार पत्रकार सम्मेलन गर्दै विशेष अदालतमा दायर मुद्दामध्ये सबैभन्दा बढी संघीय मामिला मन्त्रालय र स्थानीय तहका भ्रष्टाचारसम्बन्धी छन् ।

त्यसपछि भूमि व्यवस्था मन्त्रालयका छन् । प्रवक्ता दाहाले ३६ प्रतिशत मुद्दा संघीय मामिलाका रहेको जानकारी दिए । एक वर्षमा ७६६ जनाबाट १ अर्ब ७५ करोड २१ लाख ६ हजार ६ सय ३४ रुपैयाँ बिगो मागदाबी गरिएको छ ।

१६२ मध्ये सबैभन्दा बढी ६४ वटा मुद्दा गैरकानुनी लाभ वा हानिसम्बन्धी छन् । त्यस्तै ३२ वटा मुद्दा घूससँग सम्बन्धित छन् । सार्वजनिक सम्पत्ति हानि नोक्सानीका २७ वटा मुद्दा छन् । भ्रष्टाचार मु्द्दा लागेका ७६६ मध्ये एक जना विशिष्ट श्रेणी, २१४ जना अधिकृतस्तर, १४४ जना छन् । त्यस्तै निर्वाचित र मनोनीत २०९ जना र मतियार १९८ जना छन् ।

प्रकाशित : आश्विन १५, २०८० १६:३२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?