कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

काठमाडौँ — औषधि व्यवस्था विभाग (डीडीए)ले एक सय तीन प्रकारका एन्टिबायोटिक औषधिको प्रयोग नगर्न उपभोक्ता र सरोकारवालालाई निर्देशन दिएको छ । 

१०३ एन्टिबायोटिक प्रयोग नगर्न औषधि व्यवस्था विभागको निर्देशन

औषधि व्यवस्था विभागका महानिर्देशक नारायणप्रसाद ढकालले एन्टिबायोटिकको प्रयोगलाई न्यूनिकरण, रोकथाम तथा नियन्त्रण गर्नका लागि प्रयोगमा नल्याउन निर्देशन दिएको बताएका छन् । विश्व स्वास्थ्य सङ्गठन (डब्लूएचओ)ले पनि ती औषधिको प्रयोगका लागि सिफारिस गरेको छैन । उनले ती औषधीको प्रयोग गर्नुको कुनै औचित्य नभएको समेत दाबी गरे ।

'डलब्चूएचओले प्रयोगमा नल्याउने भनेर एक सय तीन प्रकारका प्रतिजैविक औषधिको सूची प्रकाशन गरेको छ,' उनले भने, 'ती औषधि न दर्ता गर्छौं न प्रयोगका लागि अनुमति नै दिन्छौं ।' उनका अनुसार एक सय तीनमध्ये १३ प्रकारका प्रतिजैविक प्रतिरोध औषधि भने विभागमा दर्ता गरिएका छन् ।

एन्टिबायोटिक प्रतिरोधका कारण बढ्दै गएको संक्रमण हुने दर, मृत्यु दर र आर्थिक असरलाई पनि प्रभावकारी रुपले कम गर्न राष्ट्रिय कार्ययोजना तयार पारी स्वीकृतको अन्तिम चरणमा रहेको पनि उनले बताए ।

महानिर्देशक ढकालले एन्टिबायोटिक प्रतिरोधलाई न्यूनिकरण गर्न, तथ्यमा आधारित उपचार प्रणाली र समुचित प्रयोगलाई बढावा दिने उद्देश्य हासिल गर्न औषधि सल्लाहकार समितिको सफारिसमा ती औषधिको दर्ता, नवीकरण र पैठारी र प्रयोग नगर्न/नगराउन निर्देशन दिएको बताए । उनका अनुसार यसअघि पैठारी तथा उत्पादनका लागि अनुमति दिएका औषधिको समिश्रणलाई बजारबाट ६ महिना भित्रमा हटाइसक्नुपर्ने छ । यस्तै विभागले अब त्यस्ता औषधिको पनि आपूर्ति र उत्पादन गर्न अनुमति नविकरण गर्ने छैन ।

प्रयोग गर्न नहुने एन्टिबायोटिकको सूचि :

प्रकाशित : आश्विन १, २०८० १५:०९
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?