२३.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १६०

प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य विषय होइन : दाहाल

सुवास विडारी

मकवानपुर — प्रधानमन्त्री पुष्पकमल दाहालले आफूविरुद्ध सर्वोच्च अदालतमा परेको मुद्दा सामान्य नभएको टिप्पणी गरेका छन् । उनले आफू प्रधानमन्त्री भएपछि पटक-पटक कार्यकारीविरुद्ध अदालतमा मुद्दा परेको भन्दै चिन्ता व्यक्त गरे । 

प्रधानमन्त्रीविरुद्धको मुद्दा सामान्य विषय होइन : दाहाल

‘विस्तृत शान्ति सम्झौताको मर्मविपरीत, संविधानसभा, संविधानको मूल प्रवाहमाथि कुठाराघात गर्दै प्रधानमन्त्रीका विरुद्ध मुद्दा हाल्ने काम भइरहेको छ,’ मकवानपुरको हेटौंडामा समाजवादी मोर्चाले आइतबार आयोजना गरेको सन्देशसभामा सम्बोधन गर्दै उनले भने, ‘मेरो यो भनाइ अदालतमाथि अपमान गर्नु छैन । बरु म अदालतलाई धन्यवाद दिन चाहन्छु । कमसेकम त्यस्ता मुद्दालाई अदालतले पेन्डिङ गरिदिएको छ । तर, मुद्दा त छ । यो सामान्य कुरा होइन । यो मेरो व्यक्तिगत कुरा होइन र थिएन पनि । परिवर्तन र जनताले गरेको त्यागको सम्मान गर्ने कि नगर्ने भन्ने हो ।’

उनले आफू प्रधानमन्त्री भएसँगै सरकारले भ्रष्टाचार, बेथिती र कुशासनका विरुद्ध अभियान सञ्चालन गरेसँगै आफूविरुद्ध एक समूह लागेको आरोप लगाए । ‘सरकारको विरुद्ध एक खालको दबाब महसुस भइरहेको छ,’ उनको भनाइ थियो ।

प्रधानमन्त्री दाहालले परिवर्तनको रक्षा र समाजवादी अभियानलाई अगाडि बढाउन समाजवादी मोर्चा गठन भएको बताए ।

प्रकाशित : भाद्र २४, २०८० १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

कोशीका मुख्यमन्त्री हिक्मत कार्कीले विश्वासको मत लिँदा प्रदेश सभाको बैठकमै उपस्थित नहुने कांग्रेसको शैलीबारे तपाईंको के टिप्पणी छ ?