कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

तीजमा लुगा र गहना होइन्, सोच परिवर्तन गर्नुस् : उपाध्यक्ष शाक्य

काठमाडौँ — नेकपा एमालेकी उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले तीज पर्वको शैली र संस्कृतिमा रुपान्तरण ल्याउन जरुरी रहेको बताएकी छन् । तीजमा लुगा र गहनामा भन्दा पनि विचारमा रुपान्तरण ल्याउन जरुरी हरेको उनको भनाइ छ । 

तीजमा लुगा र गहना होइन्, सोच परिवर्तन गर्नुस् : उपाध्यक्ष शाक्य

काठमाडौंमा शनिबार एमाले सम्पर्क समन्वय कमिटी महिला विभागले आयोजना गरेको ‘तीज कार्यक्रम’मा उपाध्यक्ष शाक्यले तीज संस्कृतिमा वैचारिक रुपान्तरण ल्याउन जरुरी रहेको बताइन् । दिनभरि व्रत बसेर भोलिपल्ट बिरामी बस्नुभन्दा शारीरिक स्वास्थ्यको ख्याल गर्दै मानसिकरुपमा सबल (क्रान्तिकारी) सोच राख्नु पर्ने आजका महिलाको पहिचान रहेको उनको धारणा छ ।

गहना लगाएर भड्किलो संस्कार रुपान्तरण गर्नु, हरेक तहमा महिलाको नेतृत्वदायी भूमिकामा आउन सक्नु, आर्थिकदेखि राजनीतिक सशक्तीकरणमा महिलाको अग्रसरता भएमात्रै तीज पर्व उत्वसमय भएको महसुस हुने उनको तर्क छ । उनले सयौं महिलालाई मनोबल बढाउँदै राजनीतिमा सक्रिय हुन आग्रहसमेत गरेकी थिइन् ।

उनले कार्यक्रममा पञ्चायतकालमा आफूले गाएको तीज गीतसमेत सुनाइन् । ‘उहिले गहनाको प्रदर्शन हुँदैन थियो,’ उनी भन्छिन्, ‘अचेल पर्व भड्किलो बन्दै छ । यो कुरीति हटाउनु महिलाकै जिम्मेवारी हो ।’

कार्यक्रममा एमालेका स्थायी कमिटीका सदस्य लालबाबु पण्डितले तीज पर्वको उत्सव सन्देशमूलक हुनु पर्ने बताए । उनले महिला समुदायले तीज पर्व विलौना पोख्ने थलो नबनाई शक्ति प्रदर्शन गर्ने आधारको रुपमा मनाउनु पर्ने धारणा राखे ।

त्यस्तै, सम्पर्क समन्वय कमिटी संयोजक श्यामकुमार बस्नेतले संस्कृति र परम्पराले आत्मीय सम्बन्ध विस्तार गर्ने हुँदा तीज पर्वमार्फत एकताको सन्देश दिन खोजेको बताए । सम्पर्क समन्वय कमिटी महिला विभाग प्रमुख गीता बरालले तीज पर्व सभ्य र मित्रवत भाव पैदा गर्न ७ वटै प्रदेशका कलाकारका कला एकसाथ प्रस्तुत गरिएको बताइन् ।

प्रकाशित : भाद्र १६, २०८० १८:११
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?