कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
३१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १८३

चीनको उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत : कार्यवाहक प्रधानमन्त्री खड्का

काठमाडौँ — कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाल र चीनबीच सदियौंदेखि रहिआएको सौहार्दपूर्ण एवं घनिष्ठ सम्बन्ध नेपाल सरकार र नेपाली जनताले महसुस गरेको बताएका छन् ।

चीनको उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत : कार्यवाहक प्रधानमन्त्री खड्का

नेपालको तीन दिने भ्रमणमा काठमाडौं आएका चीनबाट चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी) का पोलिटब्युरो सदस्य युआन च्या च्युनसँग सिंहदरबारस्थित रक्षा मन्त्रालयान भएको भेटवार्ताका अवसरमा कार्यवाहक प्रधानमन्त्री खड्काले चीनले आर्थिक, सामाजिक एवं प्राविधिक विकासद्वारा समग्र विकासमा प्राप्‍त गरेको अभूतपूर्व प्रगतिको प्रशंसा गरे । उनले भने,‘चीनको यो उपलब्धि नेपालका लागि प्रेरणाको स्रोत हुनेछ ।’

चीनको छोङछिङ नगरका सीपीसी सचिव युआनसँग कुराकानी गर्दै कार्यवाहक प्रधानमन्त्री खड्काले कूटनीतिक सम्बन्ध स्थापना भएदेखि नै दुई देशबीचको रक्षा सम्बन्ध र सहकार्य सौहार्दपूर्ण एवम् घनिष्ठ रहिआएको उल्लेख गरे । उनले चिनियाँ सेनाले नेपाली सेनाको क्षमता अभिवृद्धिमा पुर्‍याएको सहयोगका लागि धन्यवाद पनि व्यक्त गरेको रक्षा मन्त्रालयले जनाएको छ ।

भेटमा सीपीसीका पोलिटब्युरो सदस्य युआनले नेपाली सेना र चिनियाँ जनमुक्ति सेनाबीच असल सम्बन्ध रहेको कुरा उल्लेख गरे । उनले आगामी दिनमा तालिम, क्षमता अभिवृद्धिका क्षेत्रमा थप सहयोग आदान–प्रदान हुने पनि प्रतिबद्धता व्यक्त गरे ।

उनले पूर्वप्रधानमन्त्री विश्वेश्वरप्रसाद कोइरालाले सन् १९६० मार्चमा चीनको भ्रमण गरेपछि नेपाल–चीन सम्बन्ध प्रगाढ भएको उल्लेख गरे । साथै, युआनले नेपालको 'एक चीन नीति' प्रति कृतज्ञता प्रकट गर्दै नेपालको भूमि चीनविरुद्धका गतिविधिमा प्रयोग हुन नदिने नेपालको प्रतिaद्धताको प्रशंसा पनि गरे ।

प्रकाशित : श्रावण ८, २०८० १०:४२
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

माथिल्लो अरुण जलविद्युत् आयोजना निर्माणका लागि विश्व बैंकसँग सैद्धान्तिक सहमति जुटेपनि अहिले भारतले नै निर्माणका लागि चासो देखाएको छ । यसबारे तपाईंको के राय छ ?