कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

काकालाई बाबु बनाएर नागरिकता बनाउन खोज्दा दम्पती पक्राउ

अमृता अनमोल

बुटवल — बाबुको नाममा काकाको नाम राखेर नागरिकता बनाइदिँदै गर्दा बुटवलमा एक दम्पती पक्राउ परेका छन् । बुटवल उपमहानगरपालिका–१ का ४३ वर्षीय रमेश कशौधन र ४२ वर्षीय सीता कशौधन पक्राउ परेका हुन् ।

उनीहरू आइतबार इलाका प्रशाशन कार्यालय बुटवलमा सीताका ३ सन्तानलाई बाबुको नाममा दोस्रो पति अर्थात् काका रमेशको नाम राखेर नागरिकता बनाउन आएका थिए । वडाको सिफारिससहित आएका उनीहरूलाई इलाका प्रशाशनले नियन्त्रणमा लिई इलाका प्रहरी कार्यालयको जिम्मा लगाएको थियो ।

इलाका प्रशासन कार्यालय बुटवलका सूचना अधिकारी विष्णुप्रसाद ज्ञवालीका अनुसार उनीहरूले आफ्ना छोराछोरी भन्दै २०५५ साल १० महिना ५ गते जन्ममिति र २०५९ साल १ महिना १७ गते जन्ममिति भएका दुई जनालाई छोरी र २०५६ साल ११ महिना ५ गते जन्ममिति भएका एक छोराको नागरिकता लिँदै थिए ।

इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब उपरीक्षक दानबहादुर थापाले सीताका आफ्नै सन्तान भए पनि रमेशले दाजुका सन्तानलाई आफ्ना नामबाट नागरिकता दिन लागेको भेटिएको बताए । उनका अनुसार सीताका पति ३ सन्तान जन्माएर भारततिर गएर नफर्केपछि देवर रमेशसँग विवाह गरेकी थिइन् ।

रमेशले बाबुका रूपमा आफ्नो नाम दिएर हुर्काएकाले आफ्नै नामबाट नागरिकता बनाउन लागेका थिए । सन्तानका बाबु जीवित रहेको तर नागरिकताविहीन छन् । उनीहरूलाई नागरिकता प्रदान गर्नका लागि बुटवल उपमहानगर वडा नम्बर १ का अध्यक्ष नगेन्द्र बस्नेतले सिफारिस गरेका थिए ।

प्रकाशित : असार १८, २०८० १३:२३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?