कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२२.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १५५

सत्यालको नेतृत्वमा संसदीय मामिला पत्रकारको नयाँ कार्यसमिति

काठमाडौँ — संसदीय मामिला पत्रकार समाजको अध्यक्षमा मनोज सत्याल विजयी भएका छन् । शनिबार सम्पन्न समाजको आठौं अधिवेशनमा भएको निर्वाचनबाट सत्याल ६३ मत पाएर अध्यक्ष चुनिएका हुन् ।

सत्यालको नेतृत्वमा संसदीय मामिला पत्रकारको नयाँ कार्यसमिति

उनी सेतोपाटी डट कमसँग आवद्ध छन् । उनका प्रतिस्पर्धी विष्णु क्षेत्रीले ४४ र तुलसी सापकोटाले २७ मत प्राप्त गरे ।

नयाँ कार्यसमितिको उपाध्यक्षमा सिर्जना घिमिरे र किरण दहाल चयन भएका छन् । घिमिरे ग्यालेक्सी 'फोर के'मा कार्यरत छिन् ।

यस्तै महासचिवमा जयसिंह महरा निर्विरोध निर्वाचित भए । महरा कान्तिपुर पब्लिकेशन्समा आबद्ध छन् ।

सचिवमा गुन्जनराज गिरी र सविता शर्मा साथै कोषाध्यक्षमा अमुल थापा निर्वाचित भएका छन् । सदस्यहरूमा कमलराज भट्ट, रोमन आचार्य, शीला तिमल्सिना, मीरा बस्नेत, अन्जन लामिछाने, राजु थापा, विनोद कटुवाल र रघुनाथ बजगाईं निर्वाचित भएका छन् ।

प्रकाशित : असार १६, २०८० १९:३३
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?