कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २४७

यस वर्षको मनसुनजन्य विपद्‍बाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने

काठमाडौँ — यस वर्षको मनसुनजन्य विपद्‍बाट करिब साढे १२ लाख नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको छ । राष्ट्रिय विपद् व्यवस्थापन प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले यस वर्षको मनुसनबाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने अनुमान गरिएको बताएका हुन् । 

यस वर्षको मनसुनजन्य विपद्‍बाट १२ लाख ५० हजार नागरिक प्रभावित हुन सक्ने

आइतबार विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन कार्यकारी समितिको बैठक उक्त अनुमान प्रस्तुत गर्दै कार्यकारी प्रमुख पोखरेलले प्राधिकरणबाट मनसुनजन्य विपद्का लागि गरिएका थप तयारीबारे जानकारी गराएका हुन् ।

पोखरेलले पूर्वसूचना तथा पूर्व कार्यका लागि देशका ३४ स्थानमा स्मार्ट साइरन जडान, विपद् सामूहिक उद्धार सवारी तथा 'ए क्लास' एम्बुलेन्सहरू खरिद गरी सातवटै प्रदेश र काठमाडौं उपत्यकामा एक-एकवटा रहने व्यवस्था मिलाइएको जानकारी दिए ।

त्यसैगरी उनले भण्डारण गरिएका आपतकालीन उपकरण र सामग्रीको जानकारी उपलब्ध हुने स्रोत व्यवस्थापन प्रणाली 'गोदाम' र खोज तथा उद्धारमा संलग्न हुने स्वयंसेवकहरूको विवरण उपलब्ध हुने स्वयंसेवक व्यवस्थापन प्रणाली बारेमा पनि उल्लेख गरे । स्वयंसेवक प्रणालीमा हालसम्म एक लाख ४२२ जना सूचीकृत भइसकेका छन् ।

त्यस्तै समितिको बैठकले मनसुन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना-२०८० स्वीकृत गरेको छ । उपप्रधानमन्त्री एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठको अध्यक्षतामा प्राधिकरणको सभाहलमा बसेको समितिको १८ औं बैठकले कार्ययोजना स्वीकृत गरेको हो ।

स्वीकृत कार्ययोजनामा मनसुनजन्य जोखिमको अवस्था विश्लेषण तथा प्रभाव आकलनका साथै विभिन्न मन्त्रालय तथा विषयगत क्षेत्र, निजी क्षेत्र, मानवीय क्षेत्रमा काम गर्ने नेपाल रेडक्रस लगायत गैरसरकारी संस्थाहरुको जिम्मेवारीका साथै खोज, उद्दार तथा राहत सामग्रीहरुको मौज्दातीको विवरण समेटिएको छ ।

उपप्रधानमन्त्री एवं गृहमन्त्री श्रेष्ठले उपलब्ध साधन स्रोतको अधिकतम परिचालन गरी विपद् जोखिम न्यूनीकरण गर्नतिर ध्यान दिन र विगत वर्षहरुका कमजोरी तथा असावधानी पुनरावृति हुन नदिई कार्ययोजनाको ठोस कार्यान्वयन गर्न सम्बद्ध सबै निकायलाई निर्देशन दिए ।

स्वास्थ्य तथा जनसंख्या मन्त्री मोहनबहादुर बस्नेतले व्यवस्थित कार्ययोजना बनाउँदा नागरिकको तहबाट पनि सहयोग प्राप्त हुने अनुभव सुनाउँदै कार्ययोजना कार्यन्यवनमा सक्रियाताका साथ सहयोग गर्ने प्रतिबद्धता गरे।

प्रकाशित : जेष्ठ २९, २०८० १२:०८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?