कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
१९.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: २१६

मिटरब्याज पीडितसँग सरकारको वार्ता सकारात्मक

काठमाडौँ — आन्दोलनरत मिटरब्याज पीडित र सरकारी प्रतिनिधिबीचको वार्ता सकारात्मक भएको बताइएको छ । सोमबार गृह मन्त्रालयका सहसचिव प्रदीपकुमार कोइराला संयोजकत्वको टोलीले पीडितहरुसँग गरेको दोस्रो वार्ता सकारात्मक भएको मिटरब्याज पीडित संघर्ष समितिका प्रवक्ता निर्ग नवीनले बताए ।

मिटरब्याज पीडितसँग सरकारको वार्ता सकारात्मक

उनले वार्तामा सरकारी वार्ता टोली र आफूहरुले आआफ्ना धारणा राखेको जानकारी दिए । मिटरब्याज अपराध छानबिन समिति र पीडितबीच भएको पाँचबुँदे सहमतिका विषयमा छलफल गरेको उनको भनाइ थियो ।

यसअघि पीडितहरुसँग भएका सहमति कार्यान्वयन र पछिल्लो पटक संर्घष समितिले पेस गरेका मागका बारेमा दोहोरो संवाद भए पनि सहमति हुन नसकेको हो ।

वार्ता सकारात्मक भएको भन्दै छलफललाई निरन्तरता दिने पक्षमा सरकारी पक्षले आश्वासन दिएको पनि पीडित पक्षका अगुवाले बताएका छन् । यस्तै मंगलबार मिटरब्याज पीडित संघर्ष समितिका संयोजकसहित वार्ता गर्नेगरी वार्ता सकिएको बताउनु भयो ।

प्रकाशित : चैत्र २७, २०७९ १६:५०
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?