कान्तिपुर वेबसाईट
AdvertisementAdvertisement
२१.१२°C काठमाडौं
काठमाडौंमा वायुको गुणस्तर: १७१

संसद् कुरा गर्ने होइन, काम गर्ने थलो बनाउनुपर्छ : दाहाल 

काठमाडौँ — नेकपा (माओवादी केन्द्र) का सांसद लेखनाथ दाहालले पुराना नीति, योजना र कार्यक्रमबाट राष्ट्रको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका छन् । प्रतिनिधिसभाको बिहीबारको बैठकमा सांसद दाहालले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट देशको नयाँ आवश्यकता पूरा गर्न नसकिने बताएका हुन् ।

संसद् कुरा गर्ने होइन, काम गर्ने थलो बनाउनुपर्छ : दाहाल 

उनले पुराना नीति, योजना, कार्यक्रम र बजेटबाट नयाँ आवश्यकता पूरा नसकिने भन्दै त्यसमा नयाँपन खोज्नुपर्ने बताए ।

‘संसद् जनताको आवाज बुलन्द गर्ने मात्रै थलो होइन । संसद् जनताको अपेक्षा र राष्ट्रको आवश्यकता पूरा गर्ने थलो पनि हो । काम गर्ने थलो हो, कुरा गर्ने थलोलाई काम गर्ने थलोमा रुपान्तरण गर्नैपर्छ । हामीले पुरानो सोच, चिन्तन र दृष्टिकोणबाट अहिलेको नयाँ आवश्यकता हामीले पूरा गर्न सक्दैनौं,' उनले भने, 'हामीले पुराना नीति, योजना र कार्यक्रम बजेटबाट अहिलेको नयाँ आवश्यकता पूरा गर्न सकिन्न । अहिले देखिएको आर्थिक संकट हामीले पैदा गरेको आर्थिक संकट होइन । केही हाम्रा आन्तरिक कमजोरी, आन्तरिक व्यवस्थापन हामीले ठीक ढंगले गर्न नसक्दा पैदा भएको आर्थिक संकट र कोभिड १९ र रुस, युक्रेन युद्धसँग सम्बन्धित आर्थिक संकट । तर यो आर्थिक संकट, आर्थिक चुनौतीको समस्या समाधान हामी सबैले मिलेर गर्नुपर्छ । हाम्रो बीचमा शंकाको सम्बन्धलाई विश्वासको सम्बन्धमा बदल्नुपर्छ ।’

सांसद दाहालले सरकारको सय दिन प्रधानमन्त्रीले प्रतिबद्धता गरेअनुरुप नै चलेको बताए । जनताको दैनिकीसँग सम्बन्धित स–साना समस्या समाधान गर्न सरकार केन्द्रित रहेको उनको भनाइ थियो । त्यस्तै वर्तमान सरकार गठन भएपछि मुलुकको आर्थिक सूचकांकमा पनि सकारात्मक सुधार आएको उनले बताए ।

प्रकाशित : चैत्र २३, २०७९ १५:३८
प्रतिक्रिया
पठाउनुहोस्
जनताको राय

प्रतिपक्षको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक चलाउन खोज्ने सभामुखको कदमबारे तपाईंको के टिप्पणी छ ?